Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सस्तो प्रचारको लागि प्रधानमन्त्रीको सम्बोधन !

फाइल तस्विर
फाइल तस्विर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक महत्वको विषयमा सदनमा दिएको वक्तव्यलाई प्रचारमुखी मात्र भएको संज्ञा दिएको छ । साउन १९ गते सदनबाट प्रधानमन्त्रीमा निर्वाचित दाहालले पहिलोपटक आज व्यवस्थापिका–संसदमा सरकारका प्राथमिकता, हालसम्मका उपलब्धिका बारेमा एकघन्टा लामो लिखित मन्तव्य राखेका थिए ।

बैठकबाट बाहिरिने क्रममा एमालेका उपाध्यक्ष भीम रावलले बजेटमै व्यवस्था नभएको कार्यक्रमका बारेमा प्रधानमन्त्री दाहालले आफ्नो भनाइ राख्नु सस्तो प्रचारमात्र भएको टिप्पणी गरे । उनको प्रश्न थियो- ‘प्रधानमन्त्रीले बोल्नुभएका विषय बजेट वक्तव्यमा छैन ।

कहाँबाट पैसा ल्याएर त्यो पूरा गर्नुहुन्छ ?’ उपाध्यक्ष रावलले संविधान संशोधन कसका लागि किन चाहियो भन्ने प्रश्न गर्दै यो बेकारमा चलाइएको हल्लामात्रै भएको बताए । रासस

प्रकाशित मिति: Sep 8, 2016

प्रतिक्रिया दिनुहोस्