Logo
८ बैशाख २०८१, शनिबार
(September 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टुक्रा–टुक्रा पार्ने अभियुक्तराहरु सार्वजनिकः ‘गायब पार्न शरीर टुक्रा पारियो’

brt-photo

विराटनगर । अक्सर्फोड होस्टेलका सञ्चालक बिनोद यादवको हत्यामा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीनैजनालाई हिरासतमा राखी हत्याको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्या गरिएको यादवको उमेर प्रहरीले १९ वर्ष बताएको छ । यादवको हत्याको कारण लेनदेन र प्रेम दुबै देखिएकाले प्रहरीले त्यही कोणबाट अनुसन्धान थालेको हो ।

विराटनगर–१३ ओमकार श्रेष्ठको घरमा भाडामा बसेका सिरहा पिपरा प्रपि–७ का २२ वर्षीय राकेशकुमार यादव, सिरहा सोठिआइन–५ का १७ वर्षीय कृष्णकुमार यादव र सप्तरी, महुवा–९ दुधैलाका १७ वर्षीय जितेन्द्रकुमार साहलाई मोरङ प्रहरीले यादवको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई सीमावर्ती बजार जोगवनीबाट पक्राउ गरेको छ। तर, बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मोरङका एसपी सन्दिप भण्डारीले अभियुक्तलाई सीमाक्षेत्र दरैयाबाट पक्राउ गरेको जानकारी दिए ।

नजिकै रहेको होस्टेलबाट साथीहरुसँगै खानपिन गर्न सोमबार राति उनीहरु भाडाको त्यो घरमा पुगेका थिए । खानपिनपछि बिवाद हुँदा यादवको घाँटी काटेर हत्या गरिएको थियो । ‘हत्या गर्नुको कारण अझै खुलिसकेको छैन,’ एसपी भण्डारीले भने, ‘विविध कारणहरु आइरहेको छ, हामी हत्या हुनुको प्रमुख कारणसम्म पुग्न सकेका छैनौं ।’ यादवको हत्यामा संलग्नलाई पक्राउ गर्न मोरङ प्रहरी र पूर्व क्षेत्र प्रहरी कार्यालयको टिम परिचालन गरिएको थियो ।

यादवको हत्यापछि मंगलबार विहान गाडी मगाएर मृत शरीर गायब पार्ने योजना ड्राइभरका कारण असफल भएपछि उनीहरु फरार भएका थिए। जोगवनी गएर लुकेर बसेका उनीहरुले भारतको बौग्लोर जाने तयारीमा थिए । जोगवनी छोड्नुअघि नै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरी स्रोतका अनुसार यादवको हत्याको कारण लेनदेन र प्रेम दुबै देखिएकाले प्रहरीले त्यही कोणबाट अनुसन्धान थालेको हो । ‘लेनदेनमा यिनीहरुबीच जुँगाको लडाइँ देखिन्छ,’ अनुसन्धानमा खटिएका मोरङ प्रहरीका एक अधिकृतले भने, ‘हत्याको ठ्याक्कै यही कारण छ भन्ने पत्ता लागिसकेको छैन् ।’

यसरी गरिएको थियो हत्या  हेर्नुस फोटो : 

Saw

यो हो मृतक यादवको फोटो :

मृतक विनाेद यादवकाे फेसबुकबाट प्राप्त तस्विर
मृतक विनाेद यादवकाे फेसबुकबाट प्राप्त तस्विर

प्रकाशित मिति: Sep 8, 2016

प्रतिक्रिया दिनुहोस्