Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसएलसीमा उत्कृष्ट विद्यार्थी सम्मानित

img_8282माधव अधिकारी, काठमाण्डौ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन),काठमाडौँले बुधबारएसएलसी परीक्षामा उत्कृष्ट  सदस्य विद्यालय रतिनका  उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।

जिल्लाका नेशनल प्याब्सन आबद्ध २०० भन्दा बढी विद्यालयको सहभागिता रहेको समारोहमा प्रमुख अतिथि श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङ्गले उत्कृष्ट छात्र छात्रालाई पदक र सम्मान पत्र प्रदानगरेका थिए ।कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री गुरुङ्गले देशलाई चुनौतिबाट जोगाउन  विद्यार्थीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक वहन गर्नुपर्ने बताए ।

विशिष्ट अतिथि नेशनल प्याब्सन,केन्द्रीय कार्यसमिति अध्यक्ष कर्णबहादुर शाहीले समग्र शिक्षालाई दूरदृष्टि प्रदान गर्ने दिशामा संस्थागत विद्यालय क्रियाशील रहेको बताए ।सोही अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा जयराम तिमिल्सना प्रथम,रेश्मा अधिकारी द्वितीय,रिया सापकोटा तृतीय र स्वस्तिका रञ्जितकार चतुर्थ भएका थिए ।

नेशनल प्याब्सन),काठमाडौँका अध्यक्ष सीपी आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विष्णु पराजुलीले गरेका थिए ।
कार्यक्रमको संयोजन ग्रिन फिल्ड नेशनल स्कूलका प्रिन्सिपल खडक बस्नेतले गरेका थिए ।कार्यक्रममा सूर्य बहादुर अधिकारी,पाण्डव हमाल,बृजेन्द्र मिश्र लगायतले बोलेका थिए ।

प्रकाशित मिति: Sep 8, 2016

प्रतिक्रिया दिनुहोस्