Logo
८ बैशाख २०८१, शनिबार
(September 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धरानमा सरकार विरुद्ध नारा–जुलुससहित प्रर्दशन !

dharan-aandolan-

सुनसरी । धरानमा सरकार विरुद्ध नारा–जुलुससहित प्रर्दशन भएको छ । सरकारले सुनसरीको धरानदेखि चतरासम्मको सडकलाई ६ लेनको बनाउने निर्णय गरेपछि धरानवासी सरकारविरुद्ध सडक सर्घषमा उत्रिएका हुन । सडक डिभिजन कार्यालय विराटनगर र धरान उपमहानगरपालिकाले धरानको धनकुटे रोडदेखि सर्दु खालासम्मको सडकको दायाँबाया दुवैतर्फका घरजग्गा बिक्री वितरणमा रोक लगाएपछि धरानवासी चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

६ लेन सडक बनाउँदा धरानको धनकुटे रोडदेखि सर्दु खोलासम्मका दुई हजारभन्दा बढी सर्वसाधारणको घरजग्गा सडकमा पर्ने भएपछि धरानवासी सरकारविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । सरकारले साविकको धरान-चतरा सडकलाई ६ लेनको बनाउन छाडेर धनकुटे रोडमा सारेपछि आफूहरू अन्यायमा परेको भन्दै सरकारको निर्णयविरुद्ध सडकमा उत्रिनु परेको धरान ८ कामदन लिम्बूले बताए ।

६ लेनको सडक बनाउँदा आफ्नो घरजग्गा सबै सडमा पर्ने भएपछि धरानको ७, ८, १०, १७, १८ र १९ वडाका बासिन्दाले सरकारविरुद्ध नाराबाजी गर्दै धरानमा विरोध प्रदर्शन गरेका छन् । धनकुटे रोडमा भेला भएका धरानवासीले ६ लेन सडक चाहिँदैन, सरकारको निर्णय गलत हो, धनकुटे रोड हाम्रो होलगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरे ।

दुई हजार परिवारलाई विस्तापित गरेर सडक निर्माण गर्नुभन्दा धरान-चतरा सडकलाई तीन कुनेदेखि पुरानो बीपी प्रतिष्ठान जाने बाटोबाट ६ लेनको सडक बनाइए सबैको हित हुने धरानवासीको भनाइ छ । धनकुटे रोडबाट निस्किएको विरोध र्‍याली, बुद्धमार्ग, भानु चोक, कलेज रोड, छाता चोक हँदै धरान उपमहानगरपालिकाको मुख्य गेटमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा बूढाबूढी, केटाकेटीलगायतका दुई हजारभन्दा बढी सर्वसाधारण सहभागी थिए । प्रदर्शनकारीले उपमहानगरपालिका अगाडि पनि सरकारविरुद्ध नाराबाजी गर्दै एक घन्टा धर्ना दिएका थिए । उनीहरूले सरकारले साविकको छाता चोक हुँदै चतरा लाइनको बाटोलाई ६ लेनको सडक बनाउन छाडेर धनकुटे रोडलाई ६ लेन बनाउने निर्णय गरेपछि आफूहरू आन्दोलित हुनु परेको धरान ७ की भावना लिम्बूले बताइन् ।

प्रकाशित मिति: Sep 7, 2016

प्रतिक्रिया दिनुहोस्