Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले नेता शंकर पोखरेल विरुद्ध मुद्दा: मधेशमा पुत्ला दहन !

sankar-putala-dahan-2

काठमाण्डौ, २२ भदौं । नेकपा एमालेका नेता शंकर पोखरेलविरुद्ध दुई ओटा मुद्दा परेको छ । महानगरिय प्रहरी परिसरमा उनी विरुद्ध २ ओटा उजुरी परेको हो । पत्रकार पंकज दासले ब्यक्तिगत रुपमा र संघीय समाजवादी फोरम नेपालको युवा संगठनले ठाडो किटानी जाहेरी लिएर प्रहरी समक्ष पुगेका हुन । मंगलबार विवादस्पद ट्वीट गरेका पोखरेल विरुद्ध विद्युतीय कारोबार ऐन अन्तरगत मुद्दा चलाउनुपर्ने माग सहित प्रहरीसमक्ष उजुरी पुगेको हो ।

Madhesh News1

उजुरीकर्ता पत्रकार दासले आफू परिसर प्रमुख प्रद्धुन कार्कीसमक्ष निवेदन प्रस्तुत गर्दे दर्ता गराएको बताए । त्यस्तै समाजवादी युवा फोरमका उपमहासचिव दुर्गा सुवेदीको नेतृत्वमा संगठनले पनि महानगरी प्रहरी परिसरमा जाहेरी लिएर पुगेका थिए । तर प्रहरीले भने कुनैपनि निवेदन दर्ता नगरिएको बताएको छ । ‘कुनै निवेदन दर्ता भएको छैन’ कार्कीले भने बाहिर मिडियाहरुमा के आउछ थाह छैन तर यहाँ कुनै निवेदन हामिले पाएका छैनौ ।

sankar-putala-dahan-2

नेता पोखरेलले मधेसी मोर्चाले असोज ३ लाई कालो दिन भनेर मनाउने निर्णय गरेको प्रति व्यंग्य गर्दै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका थिए । तर, उक्त ट्वीटले मधेसी जनताको भावनामा ठेस पुर्याएको भन्दै उनको ब्यापक आलोचना भएको थियो । पोखरेलले भने आफ्नो मधेसी जनताको भावनामा ठेस पुर्याउने कुनै उद्देश्य नरहेको तर आफ्नो ट्वीटलाई गलत रुपमा अर्थाएको प्रष्टिकरण दिएका थिए । आलोचनापछि पोखरेलले उक्त ट्वीट हटाएका थिए ।

sankar-putala-dahan-4

उता पोखरेलले मधेशी जनतालाई रगंभेदको व्यवहार गरे पछि मुलुक भरी उनको विरोध शुरु भएको छ । सामाजिक सन्जालमा उनलाई तत्काल माफि माग्नु पर्ने भन्दै चारै तिरबाट विरोध भई रहेको छ । आज विहानैदेखि मधेशका जिल्लामा रंगभेदी नेता पोखरेलको पुतला दहन गरी विरोध गरेका छन् ।

प्रकाशित मिति: Sep 7, 2016

प्रतिक्रिया दिनुहोस्