Logo
१५ चैत्र २०८०, बिहीबार
(September 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टुक्रा–टुक्रा पारिएको शव: के मानव अब दानव बनदैछन ? (तस्विरहरु सहित)

biratnagar-13-maa-

मोरङ्ग । विराटनगर १३ तिनटाेलिया स्थित एक घरकाे काेठामा मारेर बाेरामा हालेकाे अवस्थामा एक अज्ञात व्यक्तिकाे शव फेला परेकाे छ । घर मालिक विराटनगर बाहिर भएकाे अवस्थामा भेटिएकेा उक्त शंकास्पद शव बारे अहिले प्रहरीले घटनास्थलमा मुचुल्का उठाउने कार्य गरिरहेकाे छ । घरबाहिर सयाैं स्थानीयवासीकाे भिड जम्मा भइरहेकाे छ ।

Saw

घटनामा अन्दाजी २१-२२ वर्षको पुरुषको शव भेटिएको जानकारी छ । शरीरको बिभिन्न अंग काटिएको अवस्थामा लास फेला पारेको छ । उनीहरु करिब ५ दिन आगाडी मात्रै त्यस घरमा भाडामा बस्न आएका थिए । डेरामा बस्ने व्यक्तिले हत्या गरि , गाडी मगाएर लास लुकाउन खोज्दा ड्राइभरले प्रहरीलाई खबर गरेकाे श्राेतबाट जानकारी अाएकाे छ । हत्यारा फरार रहेका छन् ।

मृतक विनाेद यादवकाे फेसबुकबाट प्राप्त तस्विर
मृतक विनाेद यादवकाे फेसबुकबाट प्राप्त तस्विर

शवकाे तस्विर र भिडियाे हामीसँग उपलब्ध भए पनि मानविय संवेदनामा असर पर्न सक्ने भएकाे हुँदा त्यसलाइ सार्वजनिक गर्न हामी असमर्थ छाैं । उक्त शवको तस्बिर हेरेपछि स्थानीय अनुसार बिराटनगर १३ मा रहेको अक्फोर्ड होस्टेलका संचालक बिनोद यादबको शव रहेको जानकारी छ ।

उक्त शव भेटिएको घर मालिक ओमकार श्रेष्ठ रहेका छन् भने अहिले २ युवालाई प्रहरीले सोधपुछका लागि लागेको छ । शवलाइ पाेस्टमार्टमका लागि धरान लगिएकाे छ ।

स्थानिय पत्रकार ब्रहमदेव यादवका अनुसार विनोद यादवको सोमवार राती विराटनगरमा बीभत्स तरिकाले हत्या गरिएको छ । सुनसरी औरावनी -५ का जगदिश यादवका जेठो छोरा २१ सालका विनोद यादवलाई विराटनगर -१३ को एउटा घरमा टुक्रा- टुक्रा पारेर हत्या गरेका थिए।

Yadav

प्रकाशित मिति: Sep 6, 2016

प्रतिक्रिया दिनुहोस्