Logo
११ बैशाख २०८१, मंगलबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत र चीनका लागि सिफारिस राजदूतको सुनुवाई प्रक्रिया सुरु

Deepkumar News

काठमाण्डौ । संसदीय सुनुवाई विशेष समितिले भारत र चीनका लागि सरकारले सिफारिस गरेको राजदूतहरुको सुनुवाई प्रक्रिया अघि बढाएको छ । सरकारले सिफारिस गरेको नाम संसदीय सुनुवाई समितिले सुनुवाई गरी अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियु्क्त गर्ने संवैधानिक व्यवस्था छ ।
सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले भारतका लागि प्रस्तावित राजदूत दिपकुमार उपाध्याय र चीनका लागि प्रस्तावित राजदूत लिलामणि पौड्यालविरुद्ध उजुरी संकलनका लागि १० दिनको समय दिएको छ । उजुरी संकलनका लागि यही भदौ ३१ गते साँझ ५ बजेसम्मको समय उपलब्ध गराएको समितिले जनाएको छ ।

प्रकाशित मिति: Sep 6, 2016

प्रतिक्रिया दिनुहोस्