Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरेलको ट्वीट विवादमा: गलत अर्थ लागेपछि हटाएको सफाई !

Shankar-Pokharel

काठमाडौं, भदौ २१ । एमाले नेता शंकर पोखरेलको ट्वीट विवादमा तानिएको छ । आज विहान ९ बजेर ४१ मिनेट जादा गरेको ट्वटी उनले पछि हटाएका छन् । उनको यस्तो टवीट आएपछि समाजिक संजालमा चौतर्फी आलोचना हुन थालिएको छ ।

पत्रकारहरु वीरेन्द्र केएम, शुभक महतो, अनिल कर्ण, स्नेहा झा लगायतलेनेता पोखरेलको ट्वीटको स्क्रीन इमेजसहित आलोचना गरेका छन । समाजिक संजालमा उनको यसरी आलोचना भइरहेको छ ।

वीरेन्द्र केएम:

पुर्व संचारमन्त्री समेत रहेका नेता पोखरेलको यस्तो “ट्विटे विचार”लाई कदापि पनि स्वीकार गर्न सक्किन्न !

tweet

शुभक महतो: 

डियर नेता शंकर पोखरेल ज्यू,
तपाईले खेलेको शब्द एक पटक आफै पढ्नुस् । तपाइकै नैतिकताले यस्तो कुरा लेख्न मिल्छ कि मिल्दैन उत्तर पाउनु हुन्छ ? जहाँसम्म मधेशी कालोवर्णको कुरा हो, त्यो सत्य नै रैछ । तर भोट माग्ने बेलामा त्यही कालो मधेशीको खुट्टा ढोक्नपछि पर्दैन सेतावर्णका मानिसहरु । अर्थात् तपाई जस्तो नेताहरुले ।

अनिल कर्ण:

गोरो वर्णका एमालेका बुद्धिजीवि आदरणीय विजय सर र युवा नेता भाइ सञ्जीव, ओली पुराण लेख्ता कालो वर्णलाई शंकर पोखरेलकै भाषामा गाली गर्नु होला । सायत् यसको बाछिटा तपाईंहरुमाथि पर्दैन । ओलीजलले स्नान गर्ने एमालेहरुलाई मधेशी भनेर सराप्दा विष लाग्दैन हौ ।

स्नेहा झा:

आदरणीय कामरेड शंकर पोखरेलज्यू, सम्माननीय केपी ओलीज्यूले सुरु गर्नुभएको कालो वर्णका मधेशी जनताको अपमान गर्ने श्रृंखलाकै क्रममा आएको तपाईको यस अभिव्यक्तिप्रति कुनै आग्रह पुर्वाग्रह नराखी तपाईलाई यति मात्र विश्वास दिलाउन चाहन्छौं की यस वर्ष पनि असोज तीनका दिन नेपाल दुई कित्तामा विभाजित हुने नै छ । मधेशी मोर्चाको बारेमा केही भन्नु छैन ।

नब्बे प्रतिशत मधेशी जनताले गएको वर्ष असोज तीन गते कालो दिवस मनाएकै थिए । यस वर्ष पनि त्यो कालो दिनको सम्झनामा कालो दिवस मनाइने नै छ । यसबाट तपाईजस्ता गैरकालो वर्णका राष्ट्रवादीहरुलाई पर्नजाने असुविधाप्रति हामीलाई खेद छ । दिपावली गर्नेले दिप सजाउने तयारी गरुन् । मधेश अहिले आफ्ना सपुतहरुको वर्षीमा शोकमग्न छ ।

धैर्यकान्त दत्त:

ल हेरौम पूर्व सञ्चारमन्त्री तथा एमाले नेता शंकर पोखरेलको मधेशी प्रतिको माया । धन्य छन् एमालेमा लागेका मधेशी नेता र कार्यकर्ताहरुलाई ।

Sankar

शंकर पोखरेलको सफाई: गलत अर्थ लागेपछि हटाएँ
यसैबीच, आफ्नो ट्वीट विवादमा परेको विषयमा एमाले नेता शंकर पोखरेलले आफ्नो धारणा राखेका छन् । उनले आफ्नो गलत मनसाय नरहेको तर मान्छेहरुले गलत अर्थमा बुझ्न थालेपछि हटाएको बताए ।

मेरो मनसाय कालो दिन भन्नु उचित हैन भन्ने थियो, मान्छेहरुले गलत अर्थमा बुझ्न थालेपछि हटाएँ ।’ नेता पोखरेलले भने । नेता पोखरेलले मंगलबार बिहान मधेसी मोर्चाले असोज ३ लाई कालो दिनको रुपमा मनाउने तयारी गरेको प्रति व्यंग्य गर्दै ट्वीट गरेका थिए ।

उनको ट्वीटले मधेसी समुदायलाई ठेस पुर्याएको भन्दै सामाजिक सञ्जालमा आलोचना शुरु भएको थियो । नेता पोखरेलले लगत्तै उक्त ट्वीट हटाएका थिए ।

प्रकाशित मिति: Sep 6, 2016

प्रतिक्रिया दिनुहोस्