Logo
६ बैशाख २०८१, बिहीबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी कर्मचारीको सनकः पोखरीमाथि अबैध कब्जा !

Pokhari News

सुनसरी, २१ भदौ । इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमा पोखरीमाथि निर्माण गरिएको छ कार्यकारी अधिकृतको कार्यकक्ष भवनसगै पूर्वपट्टि सांस्कृतिक भवन छ । तर, यो भवन नक्सापासविना नै निर्माण गरिएको हो । ०५४ मा नगरपालिका बनेको इटहरी ०७१ मा उपमहानगरमा स्तरोन्नति भयो । इटहरी उपमहानगर भएपछि पशुपति खतिवडा कार्यकारी अधिकृत भएर आए र अहिले महेशराज तिम्सिना कार्यकारी अधिकृत छन् ।

तर, यी दुवै भवन अवैधानिक रहेको खुलासा भएको छ । कार्यकारी अधिकृतको कार्यकक्ष रहेको भवन मेचीकाली पोखरीमाथि ६ वर्षअघि तत्कालीन कार्यकारी अधिकृत गणेशराज कार्कीले निर्माण गरेका हुन् ।  पोखरीमाथि भएकाले गर्मी मौसममा पनि कार्यकारी अधिकृतको कार्यकक्ष रहेको भवनमा शीतल हावा चल्छ । त्यही शीतल वातावरणमा केही तातो निर्णय भइरहेको हुन्छ उपमहानगरमा । अघिल्ला र अहिलेका दुवै कार्यकारी अधिकृतले केही तातो निर्णय गरिसकेका छन् यस भवनबाट ।

तर, अलिहेसम्म भवन नक्सापास नगरी बनाइएको भन्ने विषयमा भने दुवैजनाको ध्यान गएको देखिएन । उपमहानगरका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले आफ्नो कार्यकक्ष रहेको भवन नक्सापासविना नै बनेको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।उनले भने, ‘तपाईँले यस विषयमा जानकारी दिनुभयो, अब म कार्यालयपरिसरका अवैधानिक भवनहरूलाई वैधानिक बनाउन विशेष पहल गर्नेछु ।’ उपमहानगर कार्यालय परिसरमा ०५८ मा निर्माण भएको तीनतले सांस्कृतिक भवन पनि नक्सापास नगरी बनाइएको पाइएको छ ।

लक्जेम्बर्ग सरकारको आर्थिक सहयोगमा निर्माण भएको भवन जग्गा विवादका कारण नक्सापास नगरी बनाइएको उपमहानगरका वरिष्ठ इन्जिनियर अर्जुनकुमार दाहालले बताए । बहुसांस्कृतिक संग्रहालय बनाउने उद्देश्यले निर्माण गरिए पनि भवनको दुईवटा कोठा सभाहलका रूपमा प्रयोग हुँदै आएको छ भने भुइँतलाको उत्तरतर्फको कोठा इलाका प्रहरी कार्यालय इटहरीले प्रयोग गर्दै आएको छ ।

इटहरी उपमहानगरपालिका कार्यालय परिसरले चर्चेको दुई बिघा जमिन अझै पनि उपमहानगरको नाममा छैन । पञ्चायतकालमै दुई बिघा १० धुर जग्गा प्राप्त भएको थियो । पञ्चायतकालमै १० धुर जग्गा इटहरी पञ्चायतको नाममा आएको थियो ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । तर, बाँकी दुई बिघा जग्गा गणतन्त्र आएपछि नगरपालिका उपमहानगरमा स्तरोन्नति हुँदासम्म पनि कार्यालयको नाममा आएको छैन । भोगाधिकारबाहेक इटहरी उपमहानगरसँग यस जग्गाको लालपुर्जा छैन ।

प्रकाशित मिति: Sep 6, 2016

प्रतिक्रिया दिनुहोस्