Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रकम असुली आरोपमा  पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि पक्राउ

Shyam-Sundar-Gupta

काठमाडौं । पूर्वमन्त्री श्यामसुन्दर गुप्ता जबरजस्ती रकम असुली आरोपमा सोमबार ललितपुरबाट पक्राउ परेका छन् । ललितपुर परिसरका एसएसपी पिताम्बर अधिकारीका अनुसार एक महिला व्यवसायीलाई धम्क्याएर पैसा असुल गर्न खोजेको आरोपमा गुप्ता पक्राउ परेका हुन् ।
गुप्तालाई धम्की तथा शरीरबन्धक अन्तर्गत मुद्दा चलाउन अनुसन्धानका लागि चार दिनको म्याद थप भएको छ ।

‘महिलालाई पटक–पटक धम्क्याउने र पैसा माग्ने गरेको उजुरी परेपछि हामीले गुप्तालाई पक्राउ गरेका हौं । थप अनुसन्धान भैरहेको छ,’ एसएसपी अधिकारीले भने । महानगरीय प्रहरी परिसर ललितपुरले फोन गरेर अपहरणको धम्की दिंदै एक महिला उद्यमीसँग ५० लाख रुपैयाँ मागेको अभियोगमा उनलाई ललितपुरको चाल्सीखेलबाट पक्राउ गरेको हो ।

ललितपुर प्रहरी प्रवक्ता ईश्वर कार्कीका अनुसार उनी आफैंले फोन गरेर धम्क्याउँदै पैसा मागेको र नदिए अपहरणको धम्की दिएको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।  यसअघि २०६८ सालमा व्यावसायी पवन संघाइलाई डिल्लीबजार गणेस्थानबाट अपहरण गरेको आरोपमा गुप्ता तीन वर्ष कारागार बसेका थिए ।

गुप्ताले सांघाइसँग ८० लाख रुपैयाँ फिरौती असुल गरेर २० दिनपछि अपहरण मुक्त गरेको आरोप लागेको थियो । सांघाई अपहरण अभियोगमा पक्राउ परेर तीन वर्ष जेल बसेका गुप्ता गत वर्षको साउन २ गते छुटेका थिए । उनले सदभावना पार्टी यूनाइटेड गठन गरेका थिए ।

प्रकाशित मिति: Sep 5, 2016

प्रतिक्रिया दिनुहोस्