Logo
२२ मंसिर २०७९, बिहीबार
(September 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दबाब र भड्काउमा संविधान संशोधन मान्दैनौ !

Oli In Parliament-

काठमाडौँ ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैको दबाब र भड्काउमा देश र लोकतन्त्रको अहित हुने गरी संविधान संशोधन गर्न नहुने बताएका छन् ।  सत्ता गठबन्धनले मधेसी दलको आग्रहमा संविधान संशोधन गर्न प्रयास गरेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले आफूहरुसँग कसैले कुरा नगरेको र हल्लाका भरमा त्यसमा प्रतिक्रिया दिनुको पनि अर्थ नभएको स्पष्ट गरे।

उपचारका लागि दुई साताअघि थाइल्यान्ड गएका अध्यक्ष ओलीले साेमबार स्वदेश फर्केपछि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै संविधान आफैंमा गतिशील दस्तावेज भएकाले यसलाई देशको आवश्यकताका आधारमा संशोधन गर्न सकिने तर कसैका स्वार्थ वा अर्घेल्याइँ सम्बोधनका लागि बिना औचित्य गरिने संशोधनमा एमालेको समर्थन नहुने जनाए ।

पूर्व प्रधानमन्त्री ओलीले भने- “सङ्घीयताको सीमाङ्कन मधेसको मात्र मुद्दा होइन, मुलुककै विषय हो । पहिलो संशोधनबाट मधेसी दलको माग सम्बोधन भइसकेको छ । जिद्दी वा आग्रहका भरमा अर्को संशोधन हुँदैन । देशको प्रतिष्ठा र इज्जतमा धक्का लाग्ने गरी अनुचित संशोधन गरिनु हुन्न ।”

अध्यक्ष ओलीले स्वास्थ्य परीक्षणबाट आफू स्वस्थ भएको पाइएकाले देश र जनता हित, संविधानको कार्यान्यवन तथा आर्थिक समृद्धिका लागि थप काम गर्न सक्षम भएको पनि बताए। रासस

प्रकाशित मिति: Sep 5, 2016

प्रतिक्रिया दिनुहोस्