Logo
७ बैशाख २०८१, शुक्रबार
(September 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले सहमतीमा नआएपनि संशोधन प्रस्ताव अगाडि बढाउने सरकारी तयारी !

prachanda-cabinet

काठमाडौं, १९ भदौ । सरकारले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणअगाडि नै संविधान संशोधन प्रस्ताव दर्ताको गृहकार्य अघि बढाएको छ । दलिय सहमति नजुटेपनि संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा लैजाने तयारी सरकारले गरेको हो ।

प्रमुख प्रतिपक्ष एमाले नेतृत्वको विपक्षी गठबन्धनसँग सरकारले अहिलेसम्म संविधान संशोधनको विषयमा छलफल गरिसकेको छैन ।  प्रधानमन्त्री काराजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने प्धानमन्त्री दाहालको भारत भ्रमणअघि नै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन प्रमुख तीन दलबीच छलफल चलिरहेको दाबी गरे ।

एमाले अध्यष केपी ओली विदेशमा रहेको कारण छलफल नगरको सरकारको भनाइ छ । संविधान संशोधन विधेयक निर्माण र सहमतिका लागि दलीय छलफल एकसाथ अघि बढाउने गृहकार्य सरकररले थालेको छ ।

प्रकाशित मिति: Sep 4, 2016

प्रतिक्रिया दिनुहोस्