Logo
८ बैशाख २०८१, शनिबार
(September 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मधेशी दलहरुसँग भएका सहमति कार्यान्वयन गर्न छिटै संविधान संशोधन’

Serbahadur-Deuwa

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसवादी दलहरुसँग भएका सहमति कार्यान्वयन गर्न छिटै संविधान संशोधन गरिने बताएका छन् । मधेसी दलहरुसँग सरकार गठनका बेला भएका सहमति कार्यान्वयनका लागि सरकरा प्रतिवद्ध रहेको उनले बताए । ‘संविधान संशाोधनको प्रस्ताव छिटै संसद्मा आउँछ ।’

सिंगापुरबाट स्वेदेश फर्किने क्रममा शनिवार त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानीमा उनले भने ‘सहमति कार्यान्वयनका लागि सरकारले आन्तरिक गृहकार्य गरिरहेको छ र प्रमुख प्रतिपक्षी एमालेले पनि यसमा साथ दिने छ, यो मेरो विश्वास हो ।’ देउवाले सबै दलहरुसँगको छलफल पछि संविधान संशोधनको प्रक्रिया अघि बढाइने बताए । संविधानप्रति असन्तुष्ट मधेसवादी दलसँग भएका सहमति कार्यान्वयन संविधान संशोधन मार्फत गर्ने बताउदै त्यसका लागि सरकारले अन्य दलहरुसँग छलफल गरिरहेको दावी गरे ।

एक संचारकर्मीको प्रशनको जवाफमा उनले भने ‘संविधान संशोधन जस्तो महत्वपूर्ण विषय राजनीतिक सहमतिमा खोजिनुपर्छ, यसतर्फ वर्तमान सरकारले ध्यान दिएको हुनुपर्छ ।’ उनले संविधानप्रति सबैको अपनत्व होस् र कार्यान्वयन गर्न थप सहजता होस् भन्नाका लागि नै संशोधन हुन लागेको बताए । ‘म नितान्त स्वास्थ्य उपचारमा गएको हुँ, मैले त्यहाँ रहँदा कसैसँग राजनीतिक भेटघाट गरिन’ एकजना अर्को सञ्चारकर्मीको जिज्ञासमा सभापति देउवाले भने ‘हरेक विदेश भ्रमण राजनीतिक नै हुन्छ भन्नै छैन यो मेरे ब्यक्तीगत भ्रमण हो मपनि त मानव नै हू’ ।

लागि गत भदौ १० गते धर्मपत्नी आरजु देउवाका साथ त्यसतर्फ प्रस्थान गरेका थिए। पार्टी सभापतिमा निर्वाचित भएपछि उनी पहिलोपटक विदेश गएका हुन । उनले स्थानीय निकायको निर्वाचन निर्धारित समयभित्रै गर्न आफूहरु तयार रहेको बताए । उनले सरकारले निर्वाचनको तयारी समेत थालिसकेकाले निर्वाचन हुँदैन भन्ने आशंका हटाउन आग्रह समेत गरे ।

उनले पार्टीका नेता तथा कार्यकर्ताबीच सरसल्लाह गरी पार्टीलाई अगाडि बढाउने दावी गर्दे पार्टी पदाधिकारी छिट्टै मनोनयन गर्ने जानकारी समेत दिएका छन । देउवालाई पार्टीका कोषाध्यक्ष सीतादेवी यादव, नेकाका तर्फबाट सरकारमा सहभागी भएका मन्त्री, सांसद तथा पार्टीका केन्द्रीय सदस्य तथा कार्यकर्ताले विमानस्थलमा स्वागत गरेका थिए ।

प्रकाशित मिति: Sep 3, 2016

प्रतिक्रिया दिनुहोस्