Logo
६ बैशाख २०८१, बिहीबार
(September 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्माणका लागि अनलाइनबाट नक्सापास प्रक्रिया झन्झटिलो !

 online-faram

काठमाडौँ, १८  भदौ । आवास निर्माणका लागि घरबाट नक्सापास गर्न दर्ता गरिए पनि महानगरको कार्यालय वा वडा कार्यालयमा पनि जानुपर्ने भएकाले अनलाइनबाट नक्सापासको प्रक्रिया झन्झटिलो भएको छ ।  सबै नगरवासीसँग इन्टरनेटको पहुँच नभएको र भएकाहरु पनि प्रविधिसँग रमाइसकेको अवस्था छैन । नक्सापासका लागि दर्ता गर्न प्राविधिसँग जानकार व्यक्तिलाई खोज्नुपर्ने भएकाले पहिलेको भन्दा थप समस्या भएको उनको भनाइ छ ।

अहिले अनलाइन सेवा सुरु हुनुपूर्व जति नै दैनिक २० देखि २५ वटासम्म नक्सापासका लागि दर्ता हुने गरेको छ । मापदण्डअनुरुप नक्सापासका लागि दर्ता अनलाइनबाट गराएपछि तोकिएको समयभित्र पास भएको सूची कामपाले नागरिकलाई पठाउनेछ । यदि नक्सापासका लागि मापदण्ड पूरा नभएको हकमा भने पास नहुनाका आवश्यक कारण पनि सूचीमा पठाइने व्यवस्था छ ।

गत साउन १ गतेदेखि कामपाका ३५ वटै वडामा सुरु गरिएको उक्त सेवामा नागरिकले घरबाटै अनलाइन मार्फत नक्सापासका लागि दर्ता गर्न पाइने भए पनि उक्त सेवाबारे नागरिकलाई जानकारी नभएको र कामपामा पनि थप व्यवस्थापनको काम भइरहेकाले अनलाइनबाट नक्सापास प्रक्रियामा कमी आएको प्रमुख थापाको भनाइ छ ।

सुरेन्द्र श्रेष्ठको भनाइ पनि सापकोटाको भन्दा कम छैन । “कामपाले यस किसिमको व्यवस्था ल्याउनु पूर्व नै यसबारे नगरवासीलाई केही जानकारी गराएको भए समस्या हुने थिएन ”, श्रेष्ठ भन्छन् ।  सबै नगरवासीले अहिले नै घरबाट अनलाइन नक्सापास गराउने सम्भावना भने कम रहेको श्रेष्ठले बताए । नक्सापास गर्ने इन्जिनियरलाई नै अनलाइन नक्सापास गर्नेबारे जानकारी कम हुँदासमस्या आएको नक्सापास महाशाखा प्रमुख इन्जिनियर राम थापाले स्विकारे ।

प्रकाशित मिति: Sep 3, 2016

प्रतिक्रिया दिनुहोस्