Logo
१३ बैशाख २०८१, बिहीबार
(September 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भदौ २० देखि ३१ गतेसम्म छुटैछुट: मन्दिरको पुनर्निमाण कार्य ओइरो !

Manakamana-Re-
काठमाडौं,  १८ भदौ । गोरखास्थित मनकामना मन्दिरको पुनर्निमाण कार्यको अवलोकन गर्न चाहने भक्तजनका लागि आउँदो भदौ २० देखि ३१ गतेसम्मका लागि विभिन्न कार्यक्रम संचालन हुने भएको छ । मनकामना मन्दिर जिर्णोद्धार समितिका सदस्य सचिव प्रेम कुमार श्रेष्ठका अनुसार मन्दिर अहिले निकै बलियो तरिकाले बनाइएका कारण यसको पुर्ननिर्माण अबको डेढ, दुईसय वर्षपछि मात्र हुनेछ जुन निकै बिरलै हो । यसै कारण मानिसहरुले यो सुअवसरलाई गुमाउन नहुने उनको बताएका छन् ।

मन्दिर पुर्नर्निमाण ५० प्रतिशत सम्पन्न भइसकेका बेला यो क्षणलाई जीवनकालमा फेरि हेर्न र देख्न नपाइने भन्दै अनगिन्ती भक्तजन मनकामना मन्दिरको दर्शनार्थ आइसकेको मनकामना मन्दिर जिर्णोद्धार समितिले जनाएको छ । उनी भन्छन्, ‘पछिल्लो पटक मन्दिरको गजुरको पुर्ननिर्माण पृथ्वीनारायण शाहका पनाती गिर्वाण युद्ध शाहको पालामा भएको थियो । यदि यस्तै भए, हाम्रा पनाती, खनातीले मात्र मनकामना पुर्ननिर्माण भएको देख्न पाउनेछन् ।’

प्रकाशित मिति: Sep 3, 2016

प्रतिक्रिया दिनुहोस्