Logo
१५ चैत्र २०८०, बिहीबार
(September 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आङकाजी शेर्पाले एकाबिहानै फेसबुकमा स्ट्याट्स लेखेर पशुपतिनाथप्रति खिल्ली उडाए !

Angkaji Serpa News

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य परित्याग गरेका जातिवादी नेता आङकाजी शेर्पाले मिलेर बसेको नेपाली समाजमा सद्भाव भड्काउने गरेर अभिव्यक्ति सार्वजनिक गरेका छन् । हिन्दू महिलाहरूले मनाउने विशेष पर्व तीजको दरखाने दिन एकाबिहानै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याट्स लेखेर आङकाजीले सामाजिक सद्भाव भड्काउने कार्य गरेको आरोप लागेको छ । उनले पशुपतिनाथको मन्दिरमा दुई हजार रुपैयाँ तिरेपछि दर्शन गर्न पाइने भनेर नकारात्मक सन्देश जाने गरेर स्ट्याटस लेखेका छन् ।

आङकाजीको यो स्ट्याटसको हिन्दूवादीहरूले कुनै तुक नरहेको भन्दै बेवास्ता गरिदिएका छन् । ‘आङकाजी शेर्पाको कुनै महत्व र अर्थ छैन । यस्ता नेताले बोलेको र लेखेको कुराको महत्व दिनु हुँदैन’, हिन्दू अभियानका युवा नेता विकाश ठाकुरले भने, ‘जातीय राजनीति गर्ने र क्रिश्चियनको पैसा खाएर मोटाएकाहरू भुक्दैमा सदियौँदेखि चल्दै आएको हाम्रो हिन्दू संस्कार मेटिदैन ।’

पछिल्लो समय उत्तेजक र साम्प्रदायिक सद्भाव भड्काउने खालका अभिव्यक्ति तथा टिकाटिप्पणी दिएर सधै बिबादमा आइरहने आङकाजी शेर्पाले यस्तै खालका आफ्ना उट्पट्याङ अभिव्यक्तिका कारण हिरासतको यात्रा पनि तय गरिसकेका छन् । ठाकुरले आङकाजी जस्ता गैर सामाजिक व्यक्तिका कारण मिलेर बसेको नेपाली समाजलाई ठूलो नोक्सान हुन सक्ने बताए । यसतर्फ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बेलैमा सचेत हुनुपर्ने ठाकुरको सुझाव छ ।

जबकि पशुपति विकाश कोषले शुक्रबार पत्रकार सम्मेलन गरेर एक हजार लिएर छिटोमाध्यमबाट गर्न पाइने पूजाको व्यवस्था हटाएको जनाइ सकेको छ । आङकाजीले भने जस्तो कोषले दुई हजार लिएर दर्शन गर्ने व्यवस्था राखेको थिएन । अघिल्ला वर्षहरूमा एक हजार तिरेपछि लाइनमा बस्नु नपर्ने व्यवस्था राखेको थियो । त्यसको विरोध भएपछि सो व्यवस्था यस पटक कोषले हटाएको छ ।

प्रकाशित मिति: Sep 3, 2016

प्रतिक्रिया दिनुहोस्