Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ कम्पनीले फास्ट ट्रयाक बनाउँदा किन प्रश्न नउठ्ने ?

Bimlendra Nidhi
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले बुट मोडलमा आधारित भएर काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) बनाउँदा नेपाललाई घाटा नहुने बताएका छन् । प्रमुख प्रतिपक्षी एमालेले अध्ययन नै नगरी फास्ट ट्रयाक बन्न नदिन भूमिका खेलिरहेको उनले आरोप लगाए ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा शुक्रबार आफ्नो भारत भ्रमणबारे जानकारी दिने क्रममा आएका जिज्ञासाको जवाफ दिने क्रममा उपप्रधानमन्त्री निधिले भारतीय अधिकारीसँग फास्ट ट्रयाक निर्माणका विषयमा कुनै कुरा नभएको बताए ।  ‘बुट मोडलमै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ कम्पनीलाई निर्माण ठेक्का दिँदा कुनै विरोध नहुने तर फास्ट ट्रयाक भारतीय कम्पनीले बनाउन खोज्दा चाहिँ एमालेका साथीहरूको किन विरोध ?’ निधिले बैठकमा प्रतिप्रश्न गरेका थिए ।

उनले विमानस्थल नेपाली ठेकेदार कम्पनीले नै गर्न सक्ने भए पनि फास्ट ट्रयाक निर्माणमा उच्च प्रविधि आवश्यक पर्ने बताए ।  उपप्रधानमन्त्री निधिले फास्ट ट्रयाक निर्माणको ठेक्का अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट दिनुपर्ने धारणा राखे । मन्त्री निधिले विगतमा एमालेले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण हुन नदिएकै कारण मुलुकमा अहिले पनि लोडसेडिङमा रहेको भन्दै काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणमा समेत उनीहरू (एमाले) त्यस्तै खेलमा लागेको दाबी गरे ।

फास्ट ट्रयाकको निर्माण देशको हितमा रहेको उनले बताए । ‘म भौतिक योजनामन्त्री हुँदा काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाक निर्माण ठेक्का दिन अन्तर्राष्ट्रिय प्रतिस्पर्दामा भारतीय कम्पनीसँग विधिवत् रूपमा प्रारम्भिक सम्झौता भएको हो । तर अघिल्लो सरकारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई पन्छाउँदै परियोजना आफैं बनाउने घोषणा गर्‍यो ।’

प्रकाशित मिति: Sep 2, 2016

प्रतिक्रिया दिनुहोस्