Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय एकता बलियो बनाउन थारुहरुको भूमिका महत्वपूर्ण !

tharu-mukti

काठमाडौं, १७ भदौ ।  थारु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।  ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले राष्ट्रिय एकता बलियो बनाउन थारुहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रस्तुत मागलाई आफूले गम्भीरतापूर्वक लिएको बताएका थिए।

शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । उनले मागका विषयमा अन्य दलहरुसँगको छलफल र सहमतिवाट आवश्यक निर्णय लिने जानकारी प्रतिनिधि मण्डललाई गराएका थिए ।  प्रधानमन्त्री प्रचण्डले अन्य मागहरु पूरा गर्ने सम्वन्धमा सकारात्मक ढंगले पहल गर्ने बताएका थिए।

मोर्चाले प्रधानमन्त्री समक्ष संविधानको धारा ६५ उपधारा ३ को सीमांकन सम्वन्धी व्यवस्था संशोधन गरी नवलपरासीदेखि कञ्चनपुरसम्मको थारु बाहल्य भूभागको थारुवान प्रदेश हुनुपर्ने, पूर्व झापासम्मको थारु बाहुल्य भूभागलाई पनि अर्को प्रदेशको मान्यता दिनुपर्ने माग गरेको छ ।

यस्तै थारु आयोग गठन गरिनुपर्ने, थारु आन्दोलनमा मारिएकालाई सहिद र घाइतहरुको उपचार तथा थुनामा रहेकाहरुलाई रिहाई एवम् टिकापुर घटना सम्वन्धमा स्वतन्त्र आयोगवाट छानविन हुनुपर्ने लगायतका मागहरु प्रधानमन्त्री प्रचण्डसामू राखेको छ ।

माग पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मधेस, थारु लगायतले गरेको आन्दोलनका क्रममा भएका सबै घटनाका सम्वन्धमा निष्पक्ष छानविनका लागि पूर्व न्यायाधिश गिरिशचन्द्र लालको नेतृत्वको आयोग गठन गरिसकिएको जानकारी गराएका थिए ।

प्रकाशित मिति: Sep 2, 2016

प्रतिक्रिया दिनुहोस्