Logo
७ बैशाख २०८१, शुक्रबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिजो राखिएको पुर्वराजा वीरेन्द्रको सालिक आज हटाइयो !

Nepalgunj News

नेपालगन्ज, १७ भदौं । पुर्वराजा वीरेन्द्र शाहको शालिक २४ घण्टा नवित्दै प्रहरीले बलपुर्वक हटाएको छ । राष्ट्रवादी युवा शक्तिको अगुवाईमा बिहीबार बिहान अर्धकधको सालिक पुनःस्थापना गरिएको थियो । राप्रपा नेपाल बाहेक नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, मधेसवादी लगायत दलले वीरेन्द्रको सालिक हटाउन दवाव दिएपछि प्रहरीले राती हटाएको हो ।

जनआन्दोलन २०६२/६३ मा हटाइएको पुर्वराजाको सालिक तोडफोड भएपछि विगत दशवर्षदेखि उक्त चोक कुरुप बनेको थियो । प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले पुर्वराजाको सालिक राख्न सरकारले कुनै निर्णय नगरेकाले राख्न उचित नभएको प्रतिक्रिया दिएका छन् । पुर्वराजा वीरेन्द्रको सालिक हटाइएको नेपालगन्जको धम्बोझी चोक । उनले भने, ‘सालिक स्थापना भएपछि सबै जिल्लाका राजनीतिक दलले असहमती जनाउनु भयो, सरकारले पनि राख्ने निर्णय गरेको थिएन, राख्ने/नराख्ने विषयमा सरकारले निर्णय गरेपछि उचित व्यवस्थापन हुन्छ ।’

प्रहरीका केही अधिकारीहरु भने आफुहरुलाई सालिक हटाएको विषयमा जानकारी नभएको बताएका छन् । बिहीबार राती सालिक हटाउन खोज्दा राजनतन्त्र समर्थित युवा र प्रहरीबीच राती केहीबेर झडप समेत भएको थियो । सो क्रममा राप्रपा नेपालका जिल्ला नेता सहित करिव १० जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ । उनीहरुलाई प्रहरी गुल्ममा राखिएको छ । राजनीतिक दलको दवावमा प्रहरी प्रशासनले पुर्वराजाको सालिक हटाएपछि सर्वसाधारणले तिव्र रुपमा असन्तुष्टी पोखेका छन् ।

दशवर्ष सम्म कुरुप अवस्थामा रहेको चोकमा पुर्वराजाको सालिक राखेकोमा हर्षित भएका नेपालगन्जबासी तथा सर्वसाधारणहरु २४ घण्टा बित्न नपाउँदै प्रहरीले हटाउँदा निराश बनेका छन् । ‘सरकारले १० वर्ष सम्म यो ठाउँमा अरु कसैको सालिक राख्न पनि सकेन, कुरुप बनेको चोकमा पुर्व राजाको सालिक राख्दा हटाएरै छाड्यो, यसबाट इतिहास मेटाउने गलत नजिर बस्यो,’ सर्वसाधारण भन्छन् । सालिक हटाएपछि शान्ति सुरक्षा खल्बलिन सक्ने आशंकामा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । धम्बोझी चोक लगायत आसपासका क्षेत्रमा ठुलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

Nepalgunj News  (1)

प्रकाशित मिति: Sep 2, 2016

प्रतिक्रिया दिनुहोस्