Logo
१२ बैशाख २०८१, बुधबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रमजीवी पत्रकार सबल भए समृद्ध नेपाल निर्माण हुने प्रेस चौतारीको दावी !

CPN-UML Chairman KP Sharma Oli

प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक संगठनका अध्यक्ष गणेश बस्नेतको अध्यक्षता ०७३ भदौ १५ मा सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा सम्पन्न भयो । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको बैठकमा पार्टी सचिव एवम् मोर्चा संगठन प्रमुख गोकर्ण बिष्ट, पार्टी सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराई, केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापा, प्रचार विभाग सचिव बिष्णु रिजाल लगायत अतिथि रहनुभएको थियो ।

बैठकले आमसञ्चार क्षेत्रसँग सम्बन्धित समसामयिक राजनीतिक परिवेशमा प्रेस चौतारी नेपालको भूमिका र संगठनात्मक संरचना निर्माणबारे गहन छलफल गरी विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

प्रस्तावहरु

१. ‘राष्ट्रिय आमसञ्चार नीति(२०७३’ जारी भएकोमा स्वागत गर्दै त्यसको अविलम्व कार्यान्वयनका लागि ब्यवस्थापिका संसदबाट अत्यावश्यक कानून निर्माण गर्न जोडदार माग गर्दछ ।

२. नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको राष्ट्रिय आमसंचार संग्राहलयलगायत संचार सम्बद्ध निकाय तथा नीतिगत संरचनाहरु तयार भएकोमा तिनको अविलम्ब निष्पक्ष संचालनको माग गर्दछ । ओली सरकारले अघि बढाएको सबै राम्रा कामहरुलाई यथाशिघ्र कार्यान्वयनमा लैजान बैठक जोडदार माग गर्दछ ।

३. सरकार परिवर्तन संसदीय व्यवस्थामा सामान्य लोकतान्त्रिक प्रक्रिया हो । तर, त्यसको आडमा सरकारी संचार माध्यमममा कार्यरत संचारकर्मीहरुलाई राजनीतिक पक्षधरताको आधारमा पूर्वाग्रह र विभेद गरिएकोमा गम्भीर असहमति राख्दै आगामी दिनमा यस्तो गतिविधि नदोहो¥याउन सरकार र सवै सरकारी सञ्चार माध्यमका पदाधिकारीलाई सचेत गराउन चाहन्छ ।

४. आर्थिक वर्ष ०७३÷०७४ साउनबाट लागू हुनेगरी राजपत्रमा प्रकाशित न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिशअनुसार पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा ल्याइए पनि कार्यान्वयन हुन नसकेकोमा यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । तत्कालै सो निर्णय कार्यान्वयन नभए आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ यो बैठक सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छ ।

५. प्रेस चौतारी नेपालले लामो समयदेखि आवाज उठाउदै आएको समानुपातिक विज्ञापन नीति लागू गर्न माग गर्दछ । साथै तत्काल विज्ञापन प्राधिकरण गठन गरी सो नीति कार्यान्वयनमा लैजान जोडदार माग गर्दछौं । समानुपातिक बिज्ञापन नीति लागू गरेको घोषणापछि श्रमजीवी पत्रकारको न्यूनतम पाश्रिमिक कम्तिमा ३० हजार रुपैया पु¥याउँन पनि यो बैठक जोडदार माग गर्दछ ।

६. जनताका प्रतिनिधिहरु आफैले बनाएको संविधान छोटो समयमा अनुचित रुपमा संसोधन गर्दै मुलुकलाई अस्थिरता र संवैधानिक रिक्ततातिर धकेल्ने प्रयास भइरहेको छ, यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गर्दै संविधान कार्यान्वयनको बिषयमा स्पष्ट मार्गचित्रसहित अघि बढन आग्रह गर्दछ । र, ०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन गरी मुलुकलाई संक्रमणकालबाट मुक्त गर्दै समृद्ध मुलुक निर्माणको आधार तय गर्न जोडदार माग गर्दछ ।

८. अनलाइन निर्देशिका सञ्चारमैत्री ढाँचामा संसोधनसहित तत्काल लागू गर्न माग गर्दछ ।

९. सरकार र नेपाल पत्रकार महासंघको सहकार्यमा शुरु भएको पत्रकार दुर्घटना विमालाई स्वास्थ्य विमाका रुपमा समेत बिस्तार गर्न यो बैठक माग गर्दछ । साथै, यो बैठक जेष्ठ पत्रकार सम्मानबृत्तिलगायत कार्यक्रमको दायरा बढाउँदै रकम मासिक ५ हजार पु¥याउन माग गर्दछ ।

१०. सरकारले यसै आर्थिक वर्षदेखि पत्रकारहरुका लागि सूचना विभागको प्रेस प्रतिनिधि परिचयपत्रका आधारमा सरकारी अस्पतालहरुमा ५० प्रतिशत उपचार खर्च सहुलियत उपलब्ध गराउने घोषणा गरेपनि अझै कार्यान्वयनमा आउन सकेको छैन । यो बैठक उक्त सहुलियतलाई सहज रुपमा तत्काल कार्यान्वयनमा ल्याउन जोडदार माग गर्दछ । साथै, शतप्रतिशत निःशुल्क उपचारका लागि गृहकार्य अगाडी बढाउन समेत ध्यानाकर्षण गराउँदछ ।

११. प्रेस काउन्सिल नेपालले पत्रकारितामा प्रवेशका लागि अनुमतिपत्र (लाइसेन्स) परिक्षा लिने तयारी भइरहेको चर्चाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा उत्पन्न हुनसक्ने जटिलता र अपेक्षित सकारात्मक पक्षको बिषयमा देशब्यापी रुपमा परामर्श, छलफल गरी निश्कर्षमा पुग्न जरुरी छ । यो बैठक यस बिषयमा सरोकारवाला पक्षसँग सघन छलफल र गम्भीर बहशको माग गर्दछ ।

१२. प्रेस काउन्सिल नेपालले हरेक वर्ष गदै आएको संचार माध्यमको वर्गीकरण निश्पक्ष र बैज्ञानिक हुन सकेको छैन । यो बैठक वर्गिकरणलाई स्वतन्त्र मापदण्डको आधारमा निश्पक्ष बैज्ञानिक र विश्वसनीय बनाउन जोडदार माग गर्दछ ।

१३. प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीको दोस्रो पूर्ण वैठक सम्पन्न गर्नका लागि सहयोग गर्ने प्रेस चौतारी नेपाल जिल्ला शाखा सिन्धुली, नेकपा एमाले सिन्धुली जिल्ला कमिटी, एफईएसलगायत संघसंस्था एवम् सहयोगी, शुभेच्छुक महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दछौ ।

गणेश बस्नेत

अध्यक्ष, प्रेस चौतारी नेपाल

१५ भदौ २०७३

प्रकाशित मिति: Sep 2, 2016

प्रतिक्रिया दिनुहोस्