Logo
८ बैशाख २०८१, शनिबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीपकुमारलाई पुरानै जिम्मेवारी, चीनकालागि पौडेल सिफारिस

Deepkumar News

काठमाडौं । मन्त्रिपरिषद बैठकले भारत र चीनका लागि राजदूत सिफारिस गरेको छ । भारतका लागि दिपकुमार उपाध्याय र चीनका लागि लिलामणी पौडेल राजदूतमा सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सुरेन्द्र कार्की (राम कार्की) ले बताए । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा. मिनबहादुर श्रेष्ठलाइ योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ ।

सिफारिसमा परेका पौडेल नेपाल सरकारका पूर्व मुख्य सचिव हुन भने उपाध्याय ओली सरकारले फिर्ता बोलाएका तात्कालिन भारतीय राजदूत हुन् । नवनियुक्त योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले १४ औं योजनाको अवधारणा पत्र तयार भएको र त्यस अनुसारको कार्यक्रम बनाएर कार्यान्वयन गर्ने प्राथमिकतामा रहने बताए ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक समेत रहेका डा. श्रेष्ठले योजनाहरू राम्रा भएता पनि कार्यान्वयन पक्ष फितलो रहने गरेको टिप्पणी गर्दै त्यस्ता योजनाहरू बनाउँदा नै कार्यान्वयन हुनेगरि काम गर्ने बताए ।  तत्कालीन राजदूत महेश मास्केको कार्यकाल सकिएपछि चीनमा नेपाली राजदूत थिएनन् भने भारतमा उपाध्यायलाई फिर्ता बोलाएपछि अर्को राजदूत नियुक्त गरेको थिएन ।

सरकार परिर्वतनमा भूमिका खेलेको लगायतको आरोप लगाएर ओली सरकारले उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकपछि सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता कार्कीले भने, ‘निकट भविश्यमा प्रधानमन्त्रीको भारत भ्रमण हुँदैछ । चीन र भारतका राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ । यसका लागि राजदूत हुन जरुरी भएकाले सिफारिस गरिएको हो ।’

त्यसैगरी बैठकले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. ऋषि अधिकारी र आर्थिक सल्लाहकारमा डा. श्रीराम पौडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले आगामी निर्वाचनका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति पनि प्रदान गरेको सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका प्रवक्ता कार्कीले जानकारी दिए ।

मन्त्रीपरिषदका निर्णयहरु:
१. विदेशमा भएका नेपाली कामदारहरुलाई पासपोर्ट नविकरण गर्दा लाग्ने खर्च ८० डलरबाट ५० डलरमा झार्ने निर्णय ।
२. ग्यासमा स्वाचालित मुल्य प्रणाली लागु गर्न नेपाल आयल निगमलाई निर्देशनात्मक निर्णय, हिजो देखि नै प्रतिसिलिन्डर रु. पचास मुल्य घट्यो ।
३. भारत र चिनको लागी क्रमशः दीप कुमार उपाध्याय र लीलामणि पौडेललाई राजदुत नियुक्तिको लागि सिफारिस ।
४. राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा मिनबहादुर श्रेष्ठ ।सम्माननीय प्रधानमन्त्री ज्युको आर्थिक सल्लाहकारमा प्रा डा श्रीराम पौडेल र परराष्ट्र सल्लाहकारमा प्रा डा ऋषि अधिकारीलाई नियुक्त गर्ने निर्णय ।
५. लोक प्रसाद आचार्य र पुर्ण चन्द्र भट्टराईलाई नेपाल सरकारको सचीवमा बढुवा ।
६. सचीवहरुको सरुवा र पदस्थापन:
शान्तराज सुवेदी – अर्थमन्त्रालय
लोक दर्शन रेग्मी – गृहमन्त्रालय
पुर्ण चन्द्र भट्टराई – सामान्य प्रशासन
केदार अधिकारी – संघिय मामिला तथा स्थानीय
शान्त बहादुर श्रेष्ठ – शिक्षा
नारायण गोपाल मलेगो – उप राष्ट्रपति कार्यालय
राजेन्द्र किशोर क्षेत्री – अख्तियर दुरुपयोग अनुसन्धान आयोग
महेन्द्रमान गुरुङ – प्रधानमन्त्री तथा म प को कार्यालय
टंकमणि शर्मा – प्रधानमन्त्री तथा म प को कार्यालय

प्रकाशित मिति: Sep 1, 2016

प्रतिक्रिया दिनुहोस्