Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेलो सरकारमा ४७ हजार गुनासा: केटि जिस्काउनेदेखि लभ परेको सम्म !

hellosarkar

काठमाडौं । सरकारले सन्चालन गरेको गुनासो सुन्ने एकाई हेलो सरकारमा करिब ५ बर्षको अवधीमा ४७ हजार गुनासो दर्ता भएको छ । बुधबार हेलो सरकार युनिटले गरेको पत्रकार सम्मेलनमा दर्ता भएका गुनासा मध्ये ४३ हजार ६ सय ४५ फछ्र्यौट भएको जनाएको छ ।
हेर्नुहोस्, हेलो सरकारको आँकडा :

• गत वर्ष २०७२ साउनदेखि २०७३ असार महिनासम्ममा मात्रै 9744 वटा यस्ता गुनासा आएका र तीमध्ये 7580 वटा फर्छ्यौट भै 2164 वटा फर्छ्यौट हुन बाँकि (कार्य भैरहेको) अवस्थामा छन् ।
• यसरी गत वर्ष कूल फर्छ्यौट प्रतिशत 77.79 रहेको छ ।
• हेलो सरकार कक्षबाट सम्बन्धित निकायमा कारवाहीका लागि पठाउने गुनासोको औसत मासिक दर 812 रहेको छ |
• प्रतिवेदन अवधिमा कक्षबाट १४,४०० वटा गुनासा सोझै सम्बोधन भएका छन् ।
• सामाजिक संजालहरुमा सर्वसाधारण को पहुँच बढ्दै गइरहेकोले फेसबुक र twitter मा हेलो सरकार क्रियाशील रहेको छ |
• २०७२ जेष्ठ २५ गतेदेखि संचालित हेलो सरकार फेसबुक पेजमा प्राप्त हुन आएका गुनासाहरुमध्ये अधिकांश गुनासा सोझै सम्बोधन गरी १०६४ गुनासा कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको र यी मध्ये पनि ८९३ गुनासा फर्छ्यौट भएका छन् ।
• २०७२ पौष २७ गतेदेखि Twitter मा हेलो सरकारको @hello_sarkar खाता संचालन भएपछि प्रतिवेदन अवधिभर प्राप्त भएका २३२५ वटा गुनासाहरुमध्ये १६२५ वटा गुनासाहरु सम्बोधन भएका छन् ।
• पछिल्लो समयमा हेलो सरकारमा प्राप्त हुने गुनासाहरुमध्ये सबैभन्दा बढी Twitter मार्फत नै प्राप्त हुन थालेका छन् ।

विगत वर्ष कस्ता कस्ता गुनासा आए:
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको व्यवस्थापन विषयक |
पूर्वाधारको कमजोर अवस्था विषयक खास गरेर सडकहरुको मर्मत सम्भार बारे |
नेपाल टेलिकमका सेवाको गुणस्तर कमजोर भएको, सुधार गर्नुपर्नेबारे |
सार्वजनिक सम्पत्तिको उचित संरक्षण गर्ने बारे |
अनियमित लोडसेडिङ र विद्युतको लाईन सुचारु गर्ने बारे |
वैदेशिक रोजगारीको क्रममा ठगिएको, अलपत्र परेको बारे |
स्थानीय स्तरमा फोहोर व्यवस्थापन प्रभावकारी नभएको बारे |
सरकारी कार्यालयमा कर्मचारीहरु समयमा उपस्थित नभएको बारे |
Ncell को कर प्रकरण बारे |
सार्वजनिक यातायातमा यात्रुले पाएको दुःख बारे |
बजारमा व्यापारीले गरेका गलत क्रियाकलाप: मूल्य वृद्धि गरेको, गुणस्तरहीन सामग्री बिक्रि गरेको |
पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न सरकार असफल भएको बारे |
काठमाडौँ उपत्यकामा अत्यधिक प्रदूषण भएको बारे |
सरकारी अस्पतालमा दिने सेवा प्रभावकारी नभएकोबारे |
खानेपानी सेवा अवरुद्ध भएको बारे |

प्रकाशित मिति: Aug 31, 2016

प्रतिक्रिया दिनुहोस्