Logo
१३ बैशाख २०८१, बिहीबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको अध्यक्षतमा संविधान दिवस, तर मधेशी दलको नेतृवमा कालो दिवस !

Prachand In Ansan  (1)

काठमाडौं । सरकारले २ असोज देखि ४ गतेसम्म तीन दिन संविधान दिवस भव्य र हर्षोल्लासका साथ मनाउने निर्णय गरेको छ । तर आन्दोलनरत मधेशी दलहरुले उक्त दिन मधेशमा कालो दिवस मनाउने दावी गरेका छन । यसकालागि प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मूल समारोह समिति समेत गठन भएको छ । संविधानसभाबाट सङ्घीय गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक महत्वको स्मरण गर्दै यो दिवस मनाउन लागिएको हो ।

त्यस्तै, दाहालको अध्यक्षतामा बुधवार नै गृह मन्त्रालयमा बसेको मूल समारोह समितिको बैठकले नेपालको संविधान जारी गरेको दिन विभिन्न कार्यक्रमका गरी स्वदेश र विदेशमा समेत भव्यताका साथ संविधान दिवस मनाउने निर्णय गरेको छ । संविधान दिवस मूल समारोह समितिमा प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री, मन्त्री, पूर्व प्रधानमन्त्री, उपसभामुख, पूर्व सभामुख, राज्यमन्त्री सदस्य रहेका छन् ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति, सर्वोच्च अदालतका न्यायाधीश, सांसद, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, व्यवस्थापिका–संसद् सचिवालयका महासचिव, राजनीतिक दलका प्रमुख, संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपतिहरु, नेपाल सरकारका सचिवलगायतका महानुभाव मूल समारोह समितिमा सदस्य छन् ।

त्यस्तै बिभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । जस्मा सूचना तथा सञ्चारमन्त्री संयोजक रहेको २२ सदस्यीय प्रचारप्रचार उपसमिति, काठमाडौं महानगरपालिकाका प्रमुख संयोजक रहेका आठ सदस्यीय मञ्च सजावट तथा मञ्च व्यवस्थापन र काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १५ सदस्यीय ग्राउण्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थान समन्वय उपसमिति गठन गरिएको छ ।

असोज ३ गते बिहान ८ बजे संविधान दिवसको मूल कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा हुने छ भने त्यहाँ राष्ट्रपतिलाई प्रमुख अथिती बनाइएने छ । उक्त समारोहमा मूल समारोह समितिका अध्यक्ष तथा सदस्य, संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, निजामती, प्रहरी, जङ्गी, तथा सङ्घसंस्थाका कर्मचारी, प्राध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी, मजदुर, किसान, सामाजिक सङ्घसंस्थासँग आबद्ध पदाधिकारी, नागरिक समाज र उद्योगी व्यवसायीका साथै सर्वसाधारणको समेत उपस्थिति रहनेछ ।

असोज ३ गते मुख्य समारोहका अतिरिक्त सूर्योदयका साथ नेपाली सेनाद्वारा विगुल बजाउने, तोप र बन्दुकको बढाइँ गर्ने, राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदको सम्मानका लागि चिरशान्तिको राष्ट्रका तर्फबाट उच्च सम्मान र श्रद्धाञ्जलि प्रकट गर्दै धार्मिक पूजापाठ गर्ने कार्यक्रम बनाइएको सुचना तथा संचार मन्त्री राम कार्कीले बताए । कार्कीका अनुसार संविधान दिवस मनाउने सिलसिलामा आगामी असोज ४ गते रेडियो नेपालबाट फूलबारी तथा लोक दोहोरी गीत सम्मेलनको आयोजना गर्ने, साँझ दीपावली गर्ने कार्यक्रम तय गरिएको छ ।

मधेशमा कालो दिवस बनाउने घोषणा
सरकारले २ असोज देखि ४ गतेसम्म तीन दिन संविधान दिवस भव्य र हर्षोल्लासका साथ मनाउने निर्णय गरपनि आन्दोलनरत मधेशी दलहरुले उक्त दिन मधेशमा कालो दिवस मनाउने दावी गरेका छन । मधेशी मोर्चा आवद्ध सघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारको सविधान दिवससग मधेशी र जनजातीलाई कुनै सारोकार नहुने बताए ।

‘सरकारले औपचारिकता पुरा गरेका होलान तर मधेशी÷जनजातीलाई त्यो दिन कालो दिवस बनाउने छ ।’ कमाण्डर पोष्टसगको कुराकानीमा यादवले भने ‘हामिले यस विधानलाई स्वीकार गरेका छैनौं मोर्चाको बैठकले उक्त ििदन कालो दिवस मनाउने निर्णय यसअघि नै गरिसकेको छ ।’ गतवर्ष संविधान जारी भएको खुश्यालीमा सरकारले उत्सव मनाएपनि मधेशमा भने कलो दिवस बनाइएको थियो भने यसै क्रममा ठाउ–ठाउमा झडप समेत भएको थिायो ।

प्रकाशित मिति: Aug 31, 2016

प्रतिक्रिया दिनुहोस्