Logo
७ बैशाख २०८१, शुक्रबार
(August 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेनामा कसले निम्त्यायो बेथिति ?  डीआईजी अमेरिका टाप ! 

Police News

काठमाडौं । नेपाली सेनामा भावी प्रधानसेनापतिको चलखेल सुरु भएको छ । उपरथी प्रेमप्रकाश थापाले सफाई पाएसँगै भावी नेतृत्वका लागि सेनामा नयाँ समीकरण बनेको हो । थापा पुनर्बहाली भएको खण्डमा उनको प्रधानसेनापति बन्ने सम्भावना छ । तर सफाइ पाए पनि उनी पुनर्बहाली भएका छैनन् । जंगीअड्डाले असहयोग गरेपछि उनी पुनर्बहालीका लागि राजनीतिक लबिङमा लागेका छन् । थापाको पुनर्बहाली नभए सहायक रथी प्रभुराम शर्मा सेनापति हुनेछन् । त्यसकारण यतिबेला थापा र शर्माबीच भावी प्रधानसेनापतीका लागि संघर्ष सुरु भएको छ । थापालाई कीर्ते काण्डमा २०७० कात्तिक २७ गते सेनाले सेवाबाट हटाएको थियो ।

गत जेठमा उनले सफाइ पाएका थिए । तर सफाइ पाएको तीन महिनासम्म पनि उनको पुनर्बहाली प्रक्रिया सुरु भएको छैन ।  उनको अवधि अझै करिब ८ महिना बाँकी छ । दुई वर्ष पदावधि थप्न सक्ने प्रावधान भएकाले उनी प्रधानसेनापति बन्ने सम्भावना हुन्छ । हालका प्रधानसेनापति राजेन्द्र क्षेत्रीपछि पूर्णचन्द्र थापा सेनापति हुने लगभग तय भइसकेको छ । २ वर्ष म्याद थपिएको अवस्थामा त्यसपछि थापा सेनापतिका दाबेदार हुनेछन् । उनी प्रधानसेनापति भएमा प्रभुराम शर्माको बाटो बन्द हुनेछ । छत्रमानसिंह गरुङको कार्यकालमा थापा सैनिक सचिव थिए ।

सहायक रथी हेम खत्रीको शैक्षिक प्रमाणपत्र नक्कली हुँदा समेत उनलाई वार कोर्स गर्न पठाइएको थियो । थापाले नै खत्रीलाई सिफारिस गरेका थिए । छानबिनमा खत्रीको प्रमाणपत्र नक्कली भएको खुलेपछि दुबैजनालाई बर्खास्त गरिएको थियो । गत जेठमा विशेष सैनिक अदालतले उनलाई निर्दोष ठहर गरेको थियो ।  हालका प्रधानसेनापति राजेन्द्र क्षेत्रीकै बोर्डले उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो दृष्टिमा खबर छ । त्यसकारण प्रधानसेनापति क्षेत्री थापासँग नकारात्मक छन् । पुनर्बहालीका लागि थापाले माओवादी केन्द्रका जनजाति नेताहरुमार्फत् प्रधानमन्त्री प्रचण्डसँग लबिङ गर्दै आएको स्रोत बताउँछ ।

डीआईजी अमेरिका टाप 

गत वर्ष सशस्त्र प्रहरीका डीआईजी दुर्गाबहदाुर कुँबर राजीनामा दिएर अमेरिका भासिए । अमेरिकाको पीआर भएकाले उनी जागिरबाट बिदा भए । सशस्त्रका अन्य दुई डीएसपीले पनि राजीनामा दिए । तर , नेपाल प्रहरीमा भने डीभी र पीआर भएर पनि कुनै चिन्ता छैन । संगठनले छानबिन नगरेकाले नेपाल प्रहरीका अधिकारीहरुले विदेशको पीआर भएपनि जागिर खाइरहेका छन् । एसएसपी शिव लामिछानेको डीभी तथा पीआर भएपनि उनले अवकाश नहोइञ्जेल जागिर खाए । त्यस्तै डीआईजी रामकुमार खनाल अझै पदमै छन् ।

तल्लो तहमा पनि धेरै प्रहरी अधिकारीले डीभी÷पीआर लुकाएर जागिर खाँदै आएको स्रोत बताउँछ । आईजीपी उपेन्द्रकान्त अर्यालले डीभी/पीआर लुकाएर जागिर खाँदै आएको स्रोत बताउँछ । आईजीपी उपेन्द्रकान्त अर्यालले डीभी÷पीआर छानबिनमा कुनै चासो दिएका छैनन् । उता, जागिर सकिनु ५ महिनाअघि डीआईजी केशव अधिकारी अमेरिका भासिएका छन् । राजीनामा नदिई लामो विदा लिएर उनी जागिर छँदै अमेरिका गएका हुन् । अवकाश पाएपछि अमेरिकाले भिसा नदिने डरले उनी जागिरमै हुँदा अमेरिका गएका हुन् ।

उनका परिवार अमेरिकामा छन् । आईजीपीको ब्याची भएकाले विदेश घुम्नकै लागि अर्यालले उनलाई लामो बिदा दिएका हुन् । यसअघि झ्याउ तस्करीमा प्रत्यक्ष रुपमा संलग्न हुँदा पनि आईजीपीले उनलाई जोगाएका थिए । डीआईजीको ५ वर्षे पदावधिका कारण अधिकारी र अर्का डीआईजी हेमन्त मल्लले आगामी ६ पुसदेखि अनिवार्य अवकाश पाउँदैछन् । उनीहरुसँग डीआईजीमा बढुवा भएका गोपाल भण्डारी भ्रष्टचार प्रकरणमा निलम्बनमा परेका थिए । निलम्बनमै उनले अवकाश पाइसकेका छन् ।

कायस्थ धाउँदा आईजीलाई तनाव

उपेन्द्रकान्त अर्याल नेपाल प्रहरीका २४ औं आइजीपी हुन् । उनका लागि संगठनभित्र मौलाएको भ्रष्टाचारको अन्त्य सबैभन्दा चुनौतीपूर्ण बनिरहेको छ । ०४६ सालयताको नेपाल प्रहरीको इतिहासमा भ्रष्टाचारको मुद्दा नखेपेका आइजीपी पाउन मुस्किल छ । तर उनी यो बेलासम्म जोगिए पनि उनी माताहत निकायका हाकिम भने जोगिने अवस्थामा छैनन् । एमाले महाधिवेशनको समयमा झन्डै करोड हस्तान्तरण गरेर तत्कालीन गृहमन्त्री वामदेव गौतममार्फत त्रिभुवन विमानस्थल प्रमुख बनेका डिआइजी विजयलाल कायस्थ अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा दिनहुँ हाजिर गर्न जाँदा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले लाज छोप्न सकिरहेका छैनन् ।

विमानस्थलमा बस्दा सुन, डलर, सुर्ती तस्करबाट अवैध रकम लिएको भन्दै उनीमाथि अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा अख्तियारले लामो समयदेखि उनलाई हाजिर लगाइरहेको छ । प्रहरी प्रधानकार्यालयकै अपराध विभागा रहेका उनको विषयमा प्रहरी महानिरीक्षकको सचिवालयले पनि निगरानी बढाएको छ । खासगरी उनीमाथि अपराध महाशाखा बस्दा पनि गुनासो आएको सम्बन्धमा प्रहरी महानिरीक्षक स्वयं जानकार रहकाले एयरपोर्टको विषयमा उनीमाथि लागेको आरोपमा प्रहरी प्रधान कार्यालय केही बोलेको छैन । ०४९ सालमा आइजीपी भएका मोतीलाल बोहोराले भ्रष्टाचारको मुद्दा खेपेपछि प्रहरी यस्ता कैयौं मुद्दाहरु चलिरहेका छन् ।

विशेष अदालतले उनको मुद्दा खारेज गरे पनि अख्तियार सर्वोच्चमा पुगेको थियो । बोहोरापछिको अधिकांश आइजीपीले भ्रष्टाचारको मुद्दा खेपेका छन् । पूर्वआइजीपीहरु अच्युतकृष्ण खरेल र प्रदीप शमशेर राणालाई अख्तियारले अकुत सम्पत्ति कमाएको आरोप लगाएको थियो । अवकाश पाएको वषौंसम्म पनि अख्तियारको मुद्दा खेपिरहेका खरेललाई सर्वोच्च अदालतले सफाइ दिए पनि प्रदीप शमशेर राणा भने मुद्दा खेपिरहेका छन् । पछिल्लो समय नेपाल प्रहरीले संगठनभित्र केही सुधारको प्रयास गरिरहको छ । पछिल्लो तीन आइजीपीहरु रविन्द्रप्रताप शाह, कुवेरसिंह राना र हालका आइजी अर्याल संगठनभित्रको सरुवा बढुवाको विषयमा सामान्य विवादमा तानिएपनि उनीहरुमाथि भ्रष्टाचारको आरोप लागेको छैन ।

सुडान घोटाला प्रकरण नेपाल प्रहरीका लागि कहिल्यै नमेटिने दाग बनेको छ । सुडानमा शान्ति मिसनमा खटिएका प्रहरीका लागि आवश्यक एपिसी खरिद प्रक्रियामा ३० करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा नेपाल प्रहरीका तीन पूर्वआइजीहरु अख्तियारको फन्दामा परेका थिए । पूर्वआइजीहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीको मुद्दा अहिलेसम्म पनि टुंगोमा पुगेको छैन । डिआइजीहरुको भने दर्जनौ मुद्दाहरु अहिले पनि अख्तियार र विशेष अदालतमा कायमै छन् । अख्तियार धाउनेहरुमा एआइजी रमेश शेखर बज्राचार्य, कायस्थका अतिरिक्त डिआइजी प्रकाश अर्याल, गोविन्द निरौला, मिङमार लामा, सुदीप आचार्यलगायत छन् जनप्रहारले जनाएको छ । गोपाल भण्डारी निलम्बनमा परेर अवकाश नै पाइसकेका छन् भने एसएसपी रविराज श्रेष्ठको तस्करीका कारण जागिर नै गएको थियो । यस्तै ,अवस्था रहे एक दिन डिआइजीहरुले विभिन्न धन्दा चलाएर आइजी अर्याललाई नै फुली फुकालेर अख्तियार धाउनुपर्ने अवस्थामा पु¥याउने प्रहरी प्रधानकार्यालयका कर्मचारी बताउँछन् ।

सेनामा कसले निम्त्यायो बेथिति ?  

दक्षिण एसियाकै सबैभन्दा पुरानो सैनिक संगठनका रुपमा परिचित नेपाली सेनामा अहिले बेथिति बढेको छ । नक्कली प्रमाणपत्रलगायत आर्थिक अपचलनमा विवादमा तानिने सेना अन्य भौतिक निर्माण र हेलिकोप्टर प्रयोजनमा पनि विवादमा तानिन थालेको हो । सैनिक कल्याणकारी कोषको व्यापक दुरुपयोग भएको सेनाले विश्वका सैनिक मुख्यालयको आचारसंहितालगायत विषयमा पनि ध्यान दिन सकेको छैन । सेनाको प्रमुख थलो जंगी अड्डाको ५ सय मिटर वरिपरि कुनै पनि विशेष महले बनाउन नपाइने नियममा आपत्ति नजनाएको सेनाले आफैं पसल थाप्ने तरिकाले अहिले भौतिक निर्माण थालेको छ । महानगरपालिकासँग कुनै स्वीकृति नलिई जंगी अड्डा वरिपरि भवन निर्माण थालेको छ ।

मुलुकको सुरक्षाको मुख्य जिम्मेवारी बोकेको सेनाले असुरक्षित रुपमा कल्याणकारी कोषमा रकम जम्मा गर्ने नाममा आर्मी अफिसर्स क्लब भाडामा लगाउने मात्र गरेको छैन, प्रधानसेनापतिको कार्यकक्ष छेउछाउमा पनि सर्वसाधारणका नाममा प्रवेशमा कडाइ गरेको छैन । दक्षिण एसियामा आतंकवादीको प्रवेश बढिरहेको सन्दर्भमा नेपाली सेनाले त्यसलाई ध्यान दिएको छैन, प्रधानसेनापतिले सेनाको मर्म बुझेका छैनन्, एक सैनिक अधिकारीले भने, बेथिति यहीँबाट सुरु भएको छ । वाहालवाला सेना र भूपू सेनाको आर्थिक सुरक्षाका लागि नेपाली सेनामा रहेको सैनिक कल्याणकारी कोषको रकम पनि भारी दुरुपयोग गरिएको छ ।

सैनिक परिवारका लागि कुनै नयाँ कार्यक्रम ल्याउनुको साटो जग्गा प्लटिङदेखि महँगो ब्याजको लोभमा विभिन्न नाम नचलेका फाइनान्स र सहकारीमा रकम जम्मा गरिएको सैनिक स्रोतले जनाएको छ । अबौं रकमको दुरुपयोग भएको छ । कुनै राम्रो काममा लगानी भएको छैन । जर्नेलहरुको मनमौजी चल्दा सेनामा बेथिति बढ्यो, ती अधिकारीले भने ।

प्रकाशित मिति: Aug 31, 2016

प्रतिक्रिया दिनुहोस्