Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीपक मनाङ्गेलाई थुनामा राख्न अदालतको आदेश

Deepak-manange-2
काठमाडौं, १४ भदौ   । गुण्डा नाइके दीपक मनाङ्गेलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंले मंगलबार आदेश दिएको छ ।  उनलाई काठमाडौं प्रहरीको विशेष टोलीले गत असार १६ गते धम्क्याएर असुल गरेको रकमसहित राजधानीको ठमेलबाट पक्राउ गरेको थियो भने अपहरण, शरीर बन्धक उद्योग तथा संगठित अपराधको मुद्दा चलाएको थियो । जिल्ला अदालत काठमाडौका न्यायाधीश ऋषिकेश वाग्लेको एक इजलाशले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

पछिल्लो समय शरीर बन्धक राखेर फिरौती असुल्ने काममा सक्रिय मनाङ्गेको बैंक डिपोजीट र घरजग्गामा गरेको लगानी धेरै रहेको प्रहरीले जनाएको छ । अदालतले मनाङ्गेसँगै पक्राउ परेका उनका सहयोगी राजकुमार सिंहलाई समेत पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । यसअघि जिल्ला अदालतबाट पटक–पटक म्याद लिएर प्रहरीले ६० दिनसम्म अनुसन्धान गरेर गत शुक्रवार सरकारी वकिल कार्यालय काठमाडौंलाई फाइल बुझाएको थियो ।

प्रकाशित मिति: Aug 30, 2016

प्रतिक्रिया दिनुहोस्