Logo
१५ चैत्र २०८०, बिहीबार
(August 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘दुबई जाने भनेर घरबाट हिडेको हो, तर ओमन पुर्याएछ’

Menpower

सुनसरी । धरान– ८, अरुण टोल माइती घर भएकी २४ वर्षीया दिपा राई(लिम्बु) करिब दुई वर्ष कुवेत बसेर फर्किएकी थिइन्। घरेलु कामदारका रुपमा उनको कुवेत बसाइ सुखद् थिएन । तरपनि, घरेलु कामको अनुभव र अरबी भाषाको ज्ञानले गर्दा उनी पुनः वैदेशिक रोजगारीमै जान चाहिन् । दिपा सुरक्षितरुपमा दुबई जाने योजनामा थिइन् । माइती घर नजिककी स्थानीय एजेन्ट गीता राईमार्फत उनी काठमाडौंकी विना राईको सम्पर्कमा पुगिन्। दिपाले आफ्नो पैसा खर्च गर्नुपरेन। सबै खर्च एजेन्टले नै जुटाइदियो।

अगष्ट ७ तारिख दिपाले नयाँ मुलुकमा पाइला टेकिन्, तर त्यो मुलुक उनले चाहेको दुबई थिएन। एजेन्टले दिपालाई अवैधरुपमा ओमनमा पुर्याइदिए।  पछिल्लो दिल्लीमा कडाई भएपछि दलालहरुले श्रीलंका ट्रान्जिट बनाएर नेपाली युवतीहरु अवैधरुपमा खाडी मुलुक पठाउने गरेका छन् । खासमा उनी मानव तस्करको चंगुलमा फसेर बेचिएकी हुन्। अहिले उनी बिहानै ५ बजे उठेदेखि राति डेढ बजेसम्म निरन्तर घरको काममा खटिनु परेको छ । न राम्रो खान पाउछिन्, न सुत्नै । सानो गल्तीमा पनि तथानाम गालीगलौज र दुव्र्यवहार सहनुपर्छ ।

त्यहाँबाट उद्दार गरेर घर फर्काउन भन्दै दिपाले फोन गरेदेखि उनको श्रीमान् र आफन्तजन पनि यतिबेला बेचैनीमा छन्। ‘दुबई जाने भनेर घरबाट हिडेको हो, तर ओमन पुर्याएछ। अस्ती १७ तारिख राति ३ बजे फोन गरेर मलाई कुटेर मार्न लाग्यो, नेपाल फर्काइदेऊ भन्यो’,दिपाका श्रीमान् अमिर लिम्बुले भने, ‘एजेन्टलाई फोन गरेर भने, अर्को घरमा सारिदिन्छु भन्यो।’

दिपाले अढाई बर्षको छोरा श्रीमान्को साथमा छोडेर केही कमाउने आशामा विदेश हिडेकी थिइन् । एजेन्टले उनलाई दुबईमा ‘नानी हेर्ने काम’ भनेको थियो । अरबी भाषाको राम्रो ज्ञान भएकोले समस्या नहुनेमा दिपा ढुक्क थिइन् । तर, ओमनमा पुगेपछि उनलाई भाषाको पनि समस्या भएको अमिरको भनाइ छ। परिवारजनका अनुसार गत असार २० गते(जुलाई ४) दिपा धरानदेखि काठमाडौंकी एजेन्ट विना राईको साथमा हिडेकी थिइन्। उनको साथमा अरु पनि थुप्रै युवतीहरु थिए ।

पौरखीका अध्यक्ष चेतना श्रेङका अनुसार पछिल्लो दिल्लीमा कडाई भएपछि दलालहरुले श्रीलंका ट्रान्जिट बनाएर नेपाली युवतीहरु अवैधरुपमा खाडी मुलुक पठाउने गरेका छन् भन्दै नागरिकमा समाचार छ ।  ‘दिल्लीमा नेपाली युवतीहरु धेरैदिन राख्दा प्रहरीले कडाई गरेपछि केही दिनमात्र राखेर श्रीलंका पुर्याउने गरेका छन्’,अध्यक्ष श्रेङले भनिन्, ‘श्रीलंकामा एउटा कोठामा कोचिएर राखेको बेला त्यही मान्छे हेर्न आउने र युवतीहरु छानेर लैजाने पनि गर्दाे रहेछ।’

प्रकाशित मिति: Aug 30, 2016

प्रतिक्रिया दिनुहोस्