Logo
७ बैशाख २०८१, शुक्रबार
(August 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अबैध म्यानपावरको ठगि जारी, ग्यारेजमा भन्दै भेडा चराउन पठाउदै

Menpower

सुनसरी ।  शाखा खोल्न नपाउने नियमलाई चुनौति दिदै पूर्वका ईटहरीसहित विभिन्न क्षेत्रमा खोजिएका म्यानपावरहरुमाथि प्रहरीले कडा निगरानी राखेको भनिएपनि उनीहरुबाट सोझासाझा नेपाली ठगिने क्रम रोकिएको छैन । मेमोरियल ओभरसिज सर्भिसेजको इटहरीमा रहेको एजेन्ट कार्यालयले महेन्द्रनगर २ चक्रघट्टीका २३ बर्षिय मनिष कार्कीलाई सवारी चालकका लागि भनेर साउदीअरब पठायो । तर मेनपावरको ठगीको कारण उनले त्यहा भेडा चराउने काम पाए ।

एजेन्ट जगत गिरीलाई एक लाख ३२ हजार तिरेर गएका उनले मरुभूमिको तातो बालुवामा काम गर्दा उनलाई जिउदो फिर्छु भन्ने आशा मारिसकेका थिए । पछि मामा योगेन्द्र नेपालीलाई जानकारी गराएपछि नेपालीको पहलमा अहिले भेडा चराउने कामबाट निकालेर उनलाई मोटर ग्यारेजमा काम दिइएको छ । सरकारले फ्रि भिसा भनेपनि उनीहरुले एक लाख ३२ हजार तिरेर पठाएका थिए । तै पनि सहि काम नदिएपछि करिब दुई महिना प्रहरी, मेन पावर र श्रम धाएपछि मात्र योगेन्द्रले अहिले आरामको स्वास फेरेका छन् ।

भन्छन‘राज्यले कडा कानून नल्याएसम्म मेन पावरको दलाली रोकीन्न ।’ संखुवासभाका भक्तबहादुर थापा ५९ इटहरीमा निकै भौतारिए । प्रहरीलाई भेटे पत्रकार गुहारे । उनको छटपटीको कारण थियो म्यानपावरको ठगी । इटहरीमा रहेको मोभिरा एचआर सर्भिस म्यानपावरबाट मलेसिया जान छोरा टीकारामसँग एक लाख ५० हजार लिएपनि चारमहिना सम्म पनि नपठाएपछि उनको मानसिक सन्तुलन नै गुम्यो । टीकारामको वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक वार्डमा उपचार हुदै थियो । उनी अस्पताल बाटै भागे ।
छोराको मानसिक सन्तुलन गुमेपछि बाबु आफैं म्यान पावरले लिएको पैसा फिर्ता गर्न धाइरहे । तर उनलाई म्यानपावर वालाले सुनेको नसुनै गरे । ७ लाख पर्ने जग्गा २ लाखमै विक्री गरेर छोरो मलेसिया उडाउला भन्ने सपना त तुहियो तुहियो छोरा पनि सद्धे नरहेपछि न्यायका लागि उनले पत्रकारलाई गुहारे । आफन्त भेला गरेर म्यानपावरमा ताला लगाइदिए । प्रहरीलाई आफ्नो पीडा सुनाए । तर केही लागेन ताला फोडेर म्यानपावर वालाहरु अहिले पनि काम गरिरहेका छन् ।
मलेसियामा मासिक एक हजार चार सय रियल पाउने लोभमा छोराले पैसा दिएको बताउदै उनले भने, ‘अब त न छोरा सद्धे रह्यो, न त पैसा नै फिर्ता पाइएको छ ।’ मेनपावर सञ्चालक किरण भनिने रामचन्द्र कार्की रकम फिर्ता गर्ने कागज गरेका छन । पीडित त्यहि कागज बोकेर घुमिरहेका छन् । कार्कीले थापालाई इटहरी बस्दा होटलमा लागेको खर्च ब्यहोरिदिने आश्वासन दिएका थिए । तर त्यो खर्च पनि दिएनन् । कार्कीले थापालाई पटक पटक रकम फिर्ताका लागि दिएइका चेक पनि पैसा बिनाका अर्थात चेक बाउन्स भए । चेक साट्नकै लागि दुई हप्तासम्म उनी इटहरी बसे ।

ब्याक डेटको चेक त्यो पनि वाउन्स भएपछि उनले इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी पनि दिएका थिए । त्यतीखेर उनका छोरा धरानस्थित प्रतिष्ठानमा उपचार गराइरहेको उजुरीमै उल्लेख गरेका छन् । म्यान पावर कम्पनिले फागुन ११ मा गरेको पछिल्लो सम्झौतामा सावा, ब्याज र होटलमा खाएको, बसेको गरेर दुई लाख ६ हजार रुपैया फागुन २५ गते दिने उल्लेख गरेको थियो । तर कम्पनिले यो पटक नदिएको थापाले बताए । मोभिरा एचआरले झुलाएको पीडा पोख्ने अरु पनि धेरै मानिस छन् । भोजपुरका जयप्रसाद राईले मलेसियाको लागि दुई भाईसहित अन्तर्वार्ता दिएको एक वर्ष पुग्नै लागेको छ ।

त्यसको नौ महिनापछि कलिङ भिसा आएको खबर पाएलगत्तै तीनै दाजुभाईले एक–एक लाख पनि बुझाए । त्यसको १५ दिनपछि जाने बेला भयो भन्दै तत्काल आउन भनेपछि तीनै जनाले ८०–८० हजार थप पैसा बुझाएर काठमाडौ गएका थिए । तर दुई हप्ता बसेपनि उड्न नपाएपछि तीनै जना गाउ फर्किएका छन् । घरमा बिदावारी भएर विदेश हिडेको फेरि गाउमै फर्कनु पर्दा निकै नरमाइलो भएको उनीहरु बताउछन । जय भन्छन ‘गाउमै भएका बेलामा भीसा क्यान्सिल भएको खबर पायौं, त्यसपछि मात्र ठगिएको पक्का भयो,’ उनले भने, ‘मेनपावरमै सुत्दिन्छु भनेपछि पैसा तिरिदिने शर्तमा होटलमा राखियो, तर न आफ्नो पैसा फिर्ता आयो, न त होटल खर्च नै ।’ कम्पनिले जम्मा ४० हजार रुपैया मात्र फिर्ता दिएको उनले बताए ।

इटहरीक्षेत्रमा अहिले बैध र अबैध गरि एक सय ४० म्यानपावर कम्पनी रहेका छन् । जसमा आधिकारीक १२ वटा शाखा र एजेन्टका ३० शाखा रहेका छन् । सुनसरी बैदेशीक रोजगार संघका पूर्व सचिव चंखमान तामाङ बैदेशीक रोजगारीमा ठगी बढ्नुमा प्रभावकारी अनुगमन हुन नसकेको बताउछन् । उनी भन्छन‘पश्चिमको मान्छेलाई पूर्वमा आएर खोल्न दिएको छ अनुगमन छैन अनि पैसा उठाउछ अनि भाग्छ ।’ उनको भनाइमा स्थानियलाई नै म्यानपावर खोल्न दिएमा ठगेर भाग्ने सम्भावना कम हुन्छ । मदरल्याण्ड ओभरसिजका टेकबहादुर श्रेष्ठ इटहरीमा रहेका झण्डै २० वटा एजेन्टका कार्यालय खारेजीमा परेका छन् ।

नपरेकाहरु संचालनमा छन । इनरुवाबाट प्रकाशित वर्णमालामा दैनिकमा समाचार छ ।  खारेज गरिएका म्यानपावरका एजेन्टले अन्यसँग मिलेर तिनै कार्यालयमा काम सुरु गरेपछि प्रहरीले पक्राउ समेत गरेको उनले बताए । इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन कार्कीले एजेन्ट कार्यालय राख्न नपाउने भएपनि भित्र भित्रै बोर्ड नराखी कारोबार गरेको पाइएकाले छापामारेर यो महिना मात्र सात जनालाई श्रम विभागमा पठाइएको बताए । मेन पावरले ठगी गरेका घटनाको गुनासो लिएर आउने धेरै भएपनि प्रहरीले उनीहरुलाई श्रम विभागमै पठाउने गरेको कार्कीले बताए । श्रमले पक्राउ गर्नु भनेका मानिसलाई प्रहरीले पक्राउ गरि पठाउने गरेको छ ।

प्रकाशित मिति: Aug 30, 2016

प्रतिक्रिया दिनुहोस्