Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तिज विशेष कार्यक्रममा ‘सुर्के थैली खै’ गीतमा छमछमी नाचिन् नेत्री सुजाता !

sujataधरान । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला पार्टीको सुनसरी क्षेत्र नं. १ ले गरेको तिज विशेष कार्यक्रममा ‘सुर्के थैली खै’ गीतमा छमछमी नाचेकी छिन् ।

कार्यक्रमको प्रमुख अतिथि रहेकी नेतृ कोइराला नाचेपछि कार्यक्रमको रौनक नै बेग्लै बनेको थियो । केहीबेरको औपचारिक कार्यक्रमपछि ‘सुर्के थैली खै’ बोलको गीत बजाउनासाथ उनी नाच्न थालेकी थिइन् ।

पूरै गीत अवधिभर उनले नाचेर माहोल तताएकी थिइन् । पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्रीसमेत रहेकी नेतृ कोइराला नाचेपछि कार्यक्रममा अन्य अतिथि र सहभागीले पनि नाचेर उनलाई साथ दिएका थिए ।

नेतृ कोइरालालाई नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइराला, सचिव केदार भण्डारी, सचिव एवं प्रवक्ता सुजेन्द्र तामाङ, नेपाल महिला संघ सुनसरीका सभापति विजया कट्वाल, जिल्ला सदस्यहरू चन्द्रशेखर लामा, अनिल श्रेष्ठ, माधव घिसिङ, गोविन्द बस्नेत, नीलकुमारी थापा, महासमिति सदस्यहरू उमेश थापा, पर्वत राई, धरान नगर सभापति तिलक राई, नेपाल आदिवासी जनजाति संघ सुनसरीका सभापति नन्दराज राईलगायतले नाचमा साथ दिएका थिए ।

धरानमा आएर पहिलोपटक तिज मनाएको भन्दै नेतृ कोइरालाले देशले पहिलोपटक महिला राष्ट्रपति पाएका कारण आफूलाई खुसी लागेको बताइन् । कार्यक्रम आयोजकले देशले पहिलोपटक राष्ट्रपतिमा महिला पाएको खुसियालीमा तिजको अवसरमा पहिलोपटक मन्त्री तथा सांसद बनेका तथा राज्यको उच्च पदमा पुगेकालाई कार्यक्रममा निमन्त्रणा गरेको जनाएको छ ।

कार्यक्रममा धरानका सबै वडाका महिलाले वडागत रूपमा तिज नृत्य प्रस्तुत गरेका थिए । त्यसअघि, नेतृ कोइरालाले महिलाको हकअधिकार स्थापित गर्न राज्यको हरेक निकायको निर्णायक तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने बताएकी थिइन् ।

निर्णायक तहमा महिला नपुगेसम्म महिला हकअधिकार स्थापित हुन नसक्ने उनको भनाइ थियो । उनले हरेक निकायमा महिलाको प्रतिनिधित्व आवश्यक भएको बताइन् ।

प्रकाशित मिति: Aug 30, 2016

प्रतिक्रिया दिनुहोस्