Logo
७ बैशाख २०८१, शुक्रबार
(August 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यहि भदौ १६ गते तेस्रो तीज म्यूजिक अवार्ड २०७३ हुदैँ

Award---2073
काठमाडौ । तश्रो तीज म्यूजिक अवार्डको सर्वोत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ ।

छायाँछवि क्रियशनको आयोजनामा हुँदै आएको तीज म्यूजिक अवार्ड २०७३ को लागि सहभागी भएका तीज गीतहरु बाट विभिन्न १९ विधामा परेका गीत एवं स्रष्टाहरुको मनोनयन सार्वजनिक गरिएको हो ।

२०७३ मा बजारमा आएका तीज गीतहरुले दिएको आवेदनलाई निर्णायकहरुले गीतको मूल्यांकन गरी तीज म्यूजिक अवार्डको सर्वोत्कृष्ट पाँचको मनोनयनलाई सार्वजनिक गरिएको अवार्ड संयोजक गीता अधिकारीले बताइन् ।

अवार्डमा उत्कृष्ट तीज गीत मिक्सीङ, उत्कृष्ट तीज गीत एरेञ्जर, उत्कृष्ट तीज गीत सम्पादक, उत्कृष्ट तीज गीत छायाँकार, उत्कृष्ट तीज गीत मोडल (पुरुष), उत्कृष्ट तीज गीत मोडल (महिला), उत्कृष्ट तीज गीत नृत्य निर्देशक, उत्कृष्ट तीज गीत भिडियो निर्देशन, उत्कृष्ट तीज गीत नव गायिका, उत्कृष्ट तीज गीत संय’क्त गायन, उत्कृष्ट तीज दोहोरी गीत शब्द, उत्कृष्ट तीज दोहोरी गीत लय, उत्कृष्ट तीज दोहोरी गीत गायक, उत्कृष्ट तीज दोहोरी गीत गायिका, उत्कृष्ट तीज दोहोरी गीत, उत्कृष्ट तीज गीत शब्द, उत्कृष्ट तीज गीत लय, उत्कृष्ट तीज गीत गायिका, उत्कृष्ट तीज गीत लगायतका १९ विधामा परेका स्रष्टा सर्जकको मनोनयन सार्वजनिक गरिएको हो ।

सर्वोत्कृष्ट तीज सन्देश मूलक गीत, पब्लिक च्वाइस अवार्ड, इनकरेजमेन्ट अवार्ड, जुरी अवार्ड लगायतका विभिन्न विधामा पनि आगामी १६ गते काठमाण्डौमा सम्पन्न हुने तेश्रो तीज म्यूजिक अवार्डमा पुरस्कृत गरिने आयोजले बताएका छन् ।

प्रकाशित मिति: Aug 30, 2016

प्रतिक्रिया दिनुहोस्