Logo
१२ श्रावण २०८१, शनिबार
(August 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असल काम गरेर स्वर्ग जाने बातावरण बनाउन प्रधानन्यायाधिसको सुझाव

Sushila Karki News  (1)

सुनसरी । प्रधानन्यायाधिस शुशिला कार्कीले कानूनब्यवसायी र न्यायाधिसहरुलाई असल काम गरेर स्वर्ग जाने बातावरण बनाउन सुझाव दिएकी छिन । बरिष्ठ अधिवक्ता बिपुलेन्द्र चक्रवर्तीले एक कथा भन्दै नर्कमा बढी वकिल, न्यायाधिस र ईन्जिनियर लगायतका ब्यक्तित्वहरु रहेको बताएपछि सुनसरी जिल्ला अदालतको नयाँ निर्माण हुने सुविधासम्पन्न अदालत भवनको शिलान्यास समारोहलाई संबोधन गर्दै उनले,‘ असल काम गरेर नर्क होईन स्वर्ग जाने वातावरण बनाउन सुझाव दिएकी हुन ।

कार्कीले न्यायप्रणालीलाई आधुनिकिकरण गर्न सुविधासम्पन्न भवन आवश्यक रहेको तथ्य अनुसार सुनसरी जिल्ला अदालतको भवन निर्माण गर्न लागिएको स्पष्ट पार्दै भवन निर्माणको क्रममा मुनाफाको लागि ठेकेदारले कमअसल बस्तुको प्रयोग गर्न सक्ने भएकोले त्यसतर्फ नियमित अनुगमन गर्न न्यायधिस, बार एसोसिएसन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिईन । ब्राम्हणको मन्त्रोचारणसँगै कार्कीेले नयाँ बन्ने भवनको जग राखेकी थिईन ।

Sushila Karki News  (2)

त्यसपछि आयोजित कार्यक्रममा बरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्तीले न्यायमुर्तिले अरुमा धर्म देख्ने भन्दा पनि आफूले धर्मको अनुशरण गर्न सक्नु पर्ने भन्दै अध्ययन, अनुशासन, आत्मनियन्त्रित र आत्मचिन्तन राख्नु सक्नु पर्ने बताए । कानून ब्यवसायीले समेत चर्चा कमाउने भन्दा भविष्यकोलागि किर्ति र यस राख्ने गरी काम गर्नु पर्ने भन्दै न्यायको पाँच स्तम्भलाई कंक्रिटको बनाउनु पर्ने सुझाव दिए ।कार्यक्रममा सर्वोच्च अदालतका रजिष्टार श्रीकान्त पौडेलले न्यायमा सबैको पहुँच पुर्याउन संरचना निर्माण आवश्यक रहेको भन्दै पहिलो चरणमा कार्यालय र दोस्रो चरणमा न्यायधिस र कर्मचारीहरुको आवास निर्माणको निर्णय गरेर काम अघि बढी रहेको बताए ।

पुनरावेदन अदालत बिराटनगरका मुख्य न्यायधिस गोपालप्रसाद पोखरेलको सभापतित्वमा भएको कार्यालयमा सुनसरी जिल्ला न्यायाधिस रमेश राज पोखरेल, बार एसोसिएन सुनसरीका अध्यक्ष राजु ढकाल, केन्द्रीय सदस्य हरिनारायण चौधरी लगायतकाले आफ्नो धारणा राखेका थिए । त्यसअघि प्रधानन्याधिस कार्कीले अदालत र बार एसोसिएसनको अनुगमनसहित स्वागत ग्रहण गरेकी थिईन ।

प्रकाशित मिति: Aug 29, 2016

प्रतिक्रिया दिनुहोस्