Logo
६ बैशाख २०८१, बिहीबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहारमा जाँडरक्सी प्रतिबन्ध भएपछि सुनसरीमा फस्टायो मदिरासँगै यौन बजार !

youn Bajar News

सुनसरी । भारतको बिहार राज्य सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि सुनसरीको सीमा नाका भाण्टावारीबाट नेपाल आउने भारतीय पर्यटकहरुले मदिरासगै यौन चाहना राख्ने गरेकोले पछिल्लो समयमा जिल्लामा यौन बजार फस्टाउन थालेको छ । सुनसरीको भाण्टावारी, इनरुवा, झुम्का, इटहरी, धरान र भेडेटारसम्म आजकल भारतीय नम्बर प्लेटका सवारी साधनहरुको ठुलो लस्कर लाग्ने गरेको छ ।

१ दिन वा १ रात नेपालमा बिताउने गरी आउने भारतीय नागरिकहरुले मदिरा सेवनसँगै यौन चाहना राख्ने क्रम बढेकाले होटलहरुले भारतीय पर्यटकबाट राम्रो रकम असुल गर्नेगरी युवतीको समेत व्यवस्था समेत गरीदिने गरेकोले पछिल्लो समय यि बजारलाई यौन व्यापारले तताएको छ ।

भाण्टावारी नाका बाट सुनसरी प्रवेश गर्ने भारतीय यौन पर्यटकहरु स्थानीय पथ प्रर्दशकहरुको सूचना अनुसार गन्तव्यको रोजाई छान्ने गरेका छन । स्रोतका अनुसार प्राय यस्ता पर्यटकले प्याकेजमा डिल गरि आफनो नेपाल बसाईलाई रमाइलो बनाउने गरेका छन भने कतिपयले मदिराको सुर चडेपछि मात्र यौन बजारको खोजी गर्ने गरेका छन ।

सुनसरी प्रहरीले होटल तथा रेष्टुरेण्टमा अभियान चलाएर छापा मार्ने कार्य गर्दा संचालकहरुले प्रहरी कै सुचना अनुसार पाहुनाको संरक्षणका लागी फरक उपाय अपनाएर प्रहरीको आखाँ छल्दै यौन पर्यटनलाई लुकाउने गरेका छन त कतिपय अवस्थामा सुचना नहुदाँ पाहुना समातिएका घटना पछिल्लो समय धेरै हुने गरेको छ ।

स्रोतका अनुसार भेडेटारमा, धरानमा लगायतका स्थानमा पक्राउ परेका पाहुनाहरुलाई होटल संचालकको हारगुहारमा प्रहरीले माफी दिएर इज्जत जोगाई दिने गरेको पाइएको छ । प्रहरीले यौनजन्य क्रियाकलापमा पक्राउ परेकाहरुलाई जिउ मास्ने बेच्ने कार्य अन्र्तगत कारवाही चलाउनु पर्ने भएपनि जिल्ला प्रशासन कार्यालय सुनसरीमा केही सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दा दायर गरि कारवाही गर्ने भएकाले यस्ता प्रकृतीका घटनामा संग्लनहरु सामान्य तारेख वा धरौटीमा छुटने गरेको सुरक्षा स्रोतले जनाएको छ ।

धरानको एक होटलमा केही दिन अगाडि एकै पटक १७ जना यौन व्यवसायी महिला र केही भारतीय पर्यटकहरु पक्राउ परेपछि उनीहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीमा केही सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्धा दायर गरी म्याद थप गरिएको छ । भेडेटारबाट फकर्दै गरेका केही भारतीय नागरिकहरु सुनसरीको धरान नजिक सडक दुर्धटनामा पर्दा एक जना भारतीय नागरिकको ज्यान गएको थियो । उनीहरुसँगै रहेका नेपाली युवतीहरु पनि सो दुर्घटनामा घाईते भएका थिए ।

वर्णमाला दैनिकमा छापिएको समाचार अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता हुने प्राय सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दामा भारतीय नागरिकहरु समेत हुने गरेको पाइएको छ । दुई जना भारतीय नागरिकलाई म्याद थप गरिएको छ ।

प्रकाशित मिति: Aug 29, 2016

प्रतिक्रिया दिनुहोस्