Logo
१३ बैशाख २०८१, बिहीबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपडेट: अर्घाखाँची जिप दुर्घटनामा मृत्यु हुनेकाे स‌ंख्या ११ पुग्याे !

Arghakhachi News

अर्घाखाँची  । अर्घाखाँचीको हंसपुरमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा परी ९ जनाको घटनास्थलमै मृत्यु भएको उद्धारमा खटिएका प्रहरी जवान कुलचन्द्र पोखरेलले बताए ।

यस्तै २ जनाकाे उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटाेमा नै मृत्यु भएकाे हाे । घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्क लगिएकाेमा गम्भिर घाइते ४ जनाको त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएको छ । दुई जनाको भने सन्धिखर्कमै उपचार भइरहेको छ ।

सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँधिकोटतर्फ जाँदै गरेको लु १ ज ४८७८ नम्बरको जिप अर्घाखाँचीको रतनमारे नजिकै आइतबार दिउँसो तीन बजेतिर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुल्मी पुर्काेदह–८ का ५९ वर्षीय भेषबहादुर थापा, प्युठान भनभने–१ का ५५ वर्षीय बुद्धिराम परियार, प्युठानक बाङगेमरोठ– ८ का ६८ वर्षीय सोमासिंह रोका मगर, अर्घाखाँची हंसपुर–४ का ४५ वर्षीय रामबहादुर घर्तीमगर, हंसपुरक–४ का मिनबहादुर केसी (रामु) , हंसपुर–१ का ३६ वर्षीय देवबहादुर थापा, सनपा– २ की सीता नेपाली, गाडीधनी किमडाँडाका नारायण राना, धारापानी–६ की ३६ वर्षीया कमला पौडेल, गुल्मी पुर्काेदह–४ का शिव कुँवर र अर्घाखाँची हंसपुर–५ का हुमबहादुर घम रहेको प्रहरीले जनाएको छ ।

घटनास्थल सदरमुकाम देखि ३० किलोमिटर पश्चिममा पर्छ । गाडी चालक उत्तम श्रीसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिप सडकदेखि करिब सात किलोमिटर तल झरेको छ । उकालो चढ्दै गर्दा ब्रेक फेल भएपछि दुर्घटना भएको प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिए । साँघुरो बाटो भएकाले दुर्घटना भएको हो ।

…………………..

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँधिकोटतर्फ जाँदै गरेको जिप हंसपुरको रतनमारे नजिकै आइतबार दिउँसो तीन बजेतिर दुर्घटना हुँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको छ  ।  दुर्घट्नामा ७ जना घाइते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ ।

सन्धिखर्कबाट दिउसो १ बजे छुटेको ग १ ज ४८७८ नम्बरको जिप हंसपुर ५ र ९ को बीचमा पर्ने सडकबाट करिब सात सय मिटर तल खसेको छ । दुर्घटनामा परि मृत्यु हुनेमा गाडी धनि नारायण राना समेत रहेका छन् । जिपमा १७ जना यात्रु सवार थिए । घटनास्थलमा प्रहरी उद्धार तथा खोजी कार्य भइरहेको प्रहरीले अर्घाखाँचीडट्कमलाई जानकारी गराएको छ ।

गाडी दुर्घट्ना भएको स्थान उकालो छ । गाडी चालक गुल्मीका उत्तम श्रीस अहिले प्रहरी चौकी हंसपुरको नियन्त्रणमा रहेको बताइएको छ ।

A News

Capture

प्रकाशित मिति: Aug 28, 2016

प्रतिक्रिया दिनुहोस्