Logo
८ बैशाख २०८१, शनिबार
(August 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपराष्ट्रपतिको ध्यानाकर्षणः साउदीमा बन्दी नेपाली रिहा गर

Uparastrpati News
काठमाडौं, १२ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङले साउदीका विभिन्न कारागारमा रहेका नेपालीहरुको समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने ध्यानाकर्षण गराएका छन । उपराष्ट्रपति पुन ‘पासाङ’सँग नेपालका लागि साउदी अरबका राजदूत अहम जसिन अल हमारले भेटघाट गरेका हुन् । आईतबार कान्तिपथ बहादुरभवनस्थित उपराष्ट्रपतिको कार्यालयमा राजदूत हमारले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा उपराष्ट्रपतिले साउदी अरब नेपालको असल मित्र भएको बताए । उनले नेपाल–साउदीबीच सद्भाव र विश्वासमा आधारित सम्बन्ध रहेको बताउँदै आगामी दिनमा सम्बन्धलाई थप सुधार गर्नुपर्ने बताए । साउदी नेपालको ठूलो श्रम गन्तव्य भएको बताउँदै उपराष्ट्रपतिले यसबाट दुई देशबीचको सम्बन्ध जनस्तरसम्म विस्तार भएको बताए । 

भेटमा उपराष्ट्रपतिले साउदी अरबको विभिन्न कारागारमा झण्डै चार सय ५० जना नेपालीहरु बन्दी भएको र उनीहरुको रिहाईका लागि साउदी राजदूतको ध्यानाकर्षण गराए । कतिपय नेपालीहरुले कैद भुक्तानी गरिसकेपछि पनि जरिवाना बुझाउन नसक्दा कारागारमै बसिरहनुपरेको बताउँदै उनीहरुलाई सहयोग गर्न आग्रहसमेत गरे ।

उनले साउदीमा सयौँ नेपालीहरु अलपत्र परेको उल्लेख गर्नुहुँदै अलपत्र परेका नेपाली कामदारहरुको समस्या समाधानका लागिसमेत ध्यानाकर्षण गराए उपराष्ट्रपतिले नेपाली हजयात्रीहरुको संख्या बढाउन समेत अनुरोध गरे । भेटमा साउदी अरबका राजदूतले साउदी–नेपाल सम्बन्ध धेरै पूरानो र घनिष्ट रहेको बताए । उनले दुई देशबीच सम्बन्ध सुधारमा जोड दिए । राजदूतले नेपालले जलविद्युत, सिंचाईलगायतको क्षेत्रमा परियोजना बनाए साउदी अरब साउदी फण्डबाट सहयोग गर्न तयार रहेको बताए ।

प्रकाशित मिति: Aug 28, 2016

प्रतिक्रिया दिनुहोस्