Logo
१५ बैशाख २०८१, शनिबार
(August 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विषेश दुतको विषयमा ब्यवस्थापिका संसदमा चर्काचर्की !

CA-Bicc_2nd-Nepal

काठमाडौं, १२ भदौ । ब्यवस्थापिका संसदको आइतबारको बैठकमा विषेश दुतको विषयमा निकै चर्काचर्की भएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो भारत भ्रमणबारे व्यवस्थापिका संसदमा जानकारी समेत गराएका छन् । उनले आइतबारको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष दूतको रुपमा नियुक्त गरेको पत्र मात्रै भारत सरकारलाई हस्तान्तरण गरेको स्पष्ट पारेका छन् ।

नेकपा एमालेका सांसदले संसदमा बोल्दै प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ पठाएको पत्रबारे जानकारी माग गरेका थिए। एमाले उपाध्यक्ष एवं पूर्व उप-प्रधान तथा रक्षा मन्त्री भीम रावलले संसदमा भारतलाई बुझाइएको पत्रबारे जानकारी गराउन माग गरेका थिए ।

उनले युद्धग्रस्त अवस्थामा मात्रै विशेष दूत पठाइने राष्ट्रसंघीय मान्यता भए पनि नेपालमा के त्यस्तो अवस्था आयो र विशेष दूत पठाइयो भनेर प्रश्न गरेका थिए । उनले भने, नेपालमा के असामान्य अवस्था पर्‍यो र विशेष दूत पठाउनलाई रु उपप्रधानमन्त्री आफैंले पनि ती अधिकारीलाई भेट्न सक्छन् । प्रोटोकल नमिल्ने गरी किन विशेष दूत पठाइयो रु त्यसको जवाफ चाहियो ।

यसैगरी एमालेका सांसद तथा पूर्व कानुन मन्त्री अग्नी खरेलले यो सरकारले अघिल्लो सरकारले तय गरेको निर्वाचन गर्ने कार्य तालिका अनुसार चुनाव गर्न सक्छ कि सक्दैन भनेर प्रश्न गरे ।  यस्तै राप्रपा नेपालका सांसद सुशीलकुमार श्रेष्ठले गंगामाया अधिकारीको अवस्था पनि नन्दप्रसादको जस्तै अवस्था हुने कि के हो ? भनेर प्रश्न गरेका थिए । उनले गंगामायको अवस्थाबारे सदनलाई जानकारी दिन सरकारसँग माग गरे ।

प्रकाशित मिति: Aug 28, 2016

प्रतिक्रिया दिनुहोस्