Logo
१३ बैशाख २०८१, बिहीबार
(August 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्यान गुमाएकाहरुको शोकमा विद्यालय बन्द

accident-News  (2)

रौतहट ११ भाद्र । गौरबाट पोखरा गइरहेको बस शुक्रबार बिहान दुर्घटना हुँदा सो दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज  आइतबार रौतहटका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । नेपाल शिक्षक महासंघ रौतहटले ज्यान गुमाएकाहरुप्रति भाद्र १२ गतेका दिन जिल्ला भरिको विद्यालय बन्द गरि शोक मनाउन घोषणा गरेको छ ।

साथै संघले मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन नेपाल सरकारसँग विज्ञप्ति मार्फत माग गरेको छ । दुर्घटनामा शिक्षकहरु चितरंजन प्रसाद यादव, राजेश प्रसाद यादव, रामबालक जैसवाल, सन्ध्या श्रीवास्तव, गणेश साह लगायतको मृत्यु भएकोले शोकमा १ दिन सम्पूर्ण विद्यालय बन्द गर्न निर्णय भएको महासंघले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छन् ।

प्रकाशित मिति: Aug 28, 2016

प्रतिक्रिया दिनुहोस्