Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली जँहा आन्दोलन वँहा: मलेसियामा नेपाली कामदारको हडताल !

Nepali-Worker-at-Malesiya

काठमाण्डौ १२ भदौ । न्युनतम तवल वृद्धिको माग गर्दै नेपाली श्रमिक हडतालमा उत्रिएपछि मलेसियाको निलाइमा कार्यरत नेपाली बस्ने होस्टलमा कम्पनीले पानी र बिजुली सेवा बन्द गराएको छ ।

दुई सय ३० नेपाली, पाकिस्तानी र बंगलादेशी गरी पाँच सय तीन श्रमिक हडतालमा उत्रिएका छन् । उनीहरूको होस्टलको बिजुली र पानी बन्द भएपछि घर फर्किन पाउनु पर्ने मागसमेत नेपाली श्रमिकले राखेका छन् ।

नेगेरी सेम्विलान राज्यमा रहेको एवान ग्लोभ कम्पनीमा कार्र्यरत नेपाली श्रमिकले मलेसिया सरकारले तोकेको न्युनतम तलब उपलब्ध गराउनु पर्ने माग गर्दै आन्दोलन गरेका हुन् । नेपाली श्रमिक हडतालमा उत्रिएपछि कम्पनीको कामसमेत प्रभावित बनेको छ ।

न्युनतम तलब बढ्नु पर्ने, आइतबार र बिदाका दिन ओभरटाइमको मूल्य दोब्बर हुनु पर्ने, आइतबार अनिवार्य छुटि हुनु पर्ने, बिजुली पानी र अन्य नाममा काटिने एक सय ३५ रिंगेट रकम काटन नपाइने लगायतका माग श्रमिकका छन् ।

कम्पनीले माग पूरा नगरेसम्म हडताल जारी रहने नेपाली श्रमिकहरुले समाजिक संजालमार्फत बताएका छन ।

प्रकाशित मिति: Aug 28, 2016

प्रतिक्रिया दिनुहोस्