Logo
८ बैशाख २०८१, शनिबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चोरीको केस दुताबासले मिलायो: ८ बर्षपछि अर्को हप्ता अनिशा नेपाल फर्कदैं !

Kuwet News
१२ भदौ  कुवेत । कुवेतमा मानसिक सन्तुलन गुमाई अचेत अवस्थामा कुवेतको अलसभा अस्पतालमा उपचार गराईरहेकी अनिशा बिक अर्को हप्ता नेपाल फर्कने भएकी छिन् । सिन्धुपाल्चोक मार्मिङ गाविस-५ घर भएकी अनीशा बिकलाई आगामी आइतबार कुवेतको स्थानीय समय अनुसार बिहान १०ः३५ बजे कतार एयरलाइन्स हुँदै उनकै गाउँको नजिकको एक नेपाली महिलाको साथमा नेपाल पठाउने तयारी भएको दुताबासका प्रतिनिधि सेराज अहमदले जानकारी दिएका छन् ।

नेपाली दुताबासका राजदुत यज बहादुर हमाललगायत दुताबासको अथाह प्रयास पश्चात उनी करिब ८ बर्षपछि नेपाल फर्कन लागेकी हुन् । भारतीय बाटो हुँदै करिब ८ बर्ष पहिले घरेलु कामदारका रुपमा कुवेत आइ केहि बर्षदेखि घरबाट भागी इलिगल भै बाहिर बस्दै आएकी उनी करिब २ बर्षदेखि मानसिक सन्तुलन गुमाई अस्पतालमा उपचार गराईरहेकी थिइन् ।

स्पोन्सर साउदी नागरिक भएको र स्पोन्सरले चोरीको केस हालिदिएको हुनाले स्पोन्सरले केश फिर्ता नलिएपछि उनको नेपाल फर्कने सम्भावना कम भएको थियो । स्पोन्सर कुवेतमा भाडामा बस्ने भएकाले स्पोन्सर मुलुक फर्किएको हुनाले पटक-पटक सम्पर्क गर्न खोज्दा स्पोन्सर सम्पर्कमा नआएको हुनाले उनको केस यथावत रहेको थियो ।

मानसिक सन्तुलन गुमाएकी हुनाले केश मिलाई यथाशीघ्र मुलुक फर्कने वातावरण मिलाईदिन इन्भेष्टिकेसन डिपार्टमेन्टलाई पत्र पठाई अस्पताल, पुलिस स्टेशन र सम्बन्धित निकायलाई दुताबासले बारम्बार ध्यानाकर्षण गराउँदा पनि स्पोन्सर सम्पर्कमा आई केश फिर्ता लिनुपर्ने बताएपछि उनको उद्दारमा कठिनाइ भएको राजदुत यज बहादुर हमालले बताए ।

उनको उद्दारमा कुनै कसर बाँकी नराखी छिटोभन्दा छिटो नेपाल फर्काउन राजदुतसहित दुताबासको प्रयासमा सरकारी उच्च निकायबाट पहल गरि उनको केश हाल डिसमिस बनाइएको छ । उनको अत्यन्तै कठिन ढंगले उनको उद्दार गर्न सकिएको दुताबासले जनाएको छ । परिवारले आशा मारेकी २५ वर्षीया अनिसा नेपाल फर्कने कुराले परिवारमा खुसियाली छाएको छ । छोरी आउने आशमा आमा सर्किनी बिक र बाबू टाउके कामी काठमाडौं आउने भएका छन् भने बहिनि सर्मिला दिदी आउने दिन गनेर बसेकी छिन् ।

अनिसाको उद्दारमा पहल गर्ने नेपाली दुताबास कुवेत, एनआरएनए कुवेत, दलित एकता संजाल कुवेत, कुवेतका सम्पूर्ण मिडिया, पत्रकार लगायत सम्पूर्ण पहल कर्तालाई अनिसाको परिवारले धन्यवाद दिएको छ । सहकर्मीको मानसिक तथा शारीरिक यातना सहन नसकी बिष सेवन गरेकी अनिशालाई अचेत अवस्थामा करिब २ बर्ष पहिले अस्पतालमा भर्ना गरिएको थियो । अनिसा र उनको साथमा जाने नेपाली महिलाको टिकटसहित जाने खर्च दुताबासले व्यहोरेको छ । स्मरण रहोस् करिब ३ बर्षदेखि परिवारसँग सम्पर्कबिहिन बनेकी अनिसाको बारेमा रातोपाटीमा समाचार संप्रेषण भए पश्चात उनका परिवार सम्पर्कमा आएका थिए । रातोपाटीमा समाचार छ ।

प्रकाशित मिति: Aug 28, 2016

प्रतिक्रिया दिनुहोस्