Logo
१३ बैशाख २०८१, बिहीबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपडेट: त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुग्यो

 

accident-News  (1)

चितवन । रौतहटबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस आज विहानै त्रिशुली नदीमा खस्दा २१ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १७ जना घाइते भएको बताइए पनि ११ जनालाई उपचारका लागि चितवन पुर्याइएको छ ।  उद्धारमा खटिएका प्रहरी निरिक्षक राजन भेटवालका अनुसार मृत्यु हुनेको संख्या २१ पुगेको छ ।  ग १ ख ३७०९ नम्बरको बस विहान साढे चार बजेतिर त्रिशुली नदीमा खसेको थियो ।

“मृत्यु हुनेको संख्या २१ पुगेको छ,” उनले भने,“अहिले पनि बस पानीमा डुबेको अवस्थामा छ । उद्धार कार्य जारी छ ।” दुर्घटनास्थलबाट शव र घाइतेलाई बाटोमा निकाल्न नसकिएपछि ¥याफ्टिङमार्फत तल लगेर बाटोमा निकालिएको थियो । बसमा झण्डै ४० यात्रु रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनास्थलमा र चितवन मेडिकल कलेजमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो । सशस्त्र प्रहरी बलका एसपी विदुर खड्काका अनुसार मृत्यु भएका २१ जनामध्ये २ जना महिला रहेका छन् । १७ जना घाइतेको उद्दार गरिएको छ र १ जनालाई मुग्लिन, बाँकी १६ जनालाई उपचारका लागि भरतपुर पठाइएकोमा उपचारका क्रममा भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको थियो ।

बस सडकबाट करिब २ सय मिटर तल खसेको छ। बस दुर्घटनापछिको दृश्य दर्दनाक देखिन्छ। शवहरू यत्रतत्र छरिएका छन् भने सामानहरू पनि भीरभरी नै छरिएका छन् । प्रहरीले उद्दारका क्रममा पनि निकै कष्ट बेहोरेको थियो । घाइतेहरूलाई २ सय मिटर तलबाट माथि भीरको बाटो ल्याउन कठिन भएको थियो ।

accident-News  (2)

accident-News  (3)

प्रकाशित मिति: Aug 26, 2016

प्रतिक्रिया दिनुहोस्