Logo
११ बैशाख २०८१, मंगलबार
(August 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘दुई छिमेकी भारत र चीनबीचको सम्बन्धलाई उच्च प्राथमिकता’

Prakash-Saran-Mahat

काठमाडौ, १० भदौ । नवनियुक्त परराष्ट्र मन्त्री प्रकाशसरण महतले नेपालका दुई छिमेकी भारत र चीनबीचको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन् । शुक्रबार पदभार ग्रहण गर्नेक्रममा मन्त्री महतले दुई छिमेकी मुलुकबीचमा कुनै अविश्वास भए त्यसलाई हटाएर सम्बन्ध मजबुद बनाउन आफू केन्द्रित हुने बताए ।

आफ्नो कार्यकालमा विदेशमा रहेका नेपालीको हितमा काम गर्ने भन्छै महतले भने–‘विदेशमा काम गर्न गएका नेपालीको हितका क्षेत्रमा काम गर्नेछु ।’ नेपालको सार्वभौम सत्ता, स्वतन्त्रता र राष्ट्रिय हित प्रवर्धन गर्न भारत र चीन बाहेक बहुपक्षित राष्ट्रहरुको संघ संयुक्त राष्ट्र संघ, अमेरिका, बेलायतलगायतका राष्ट्रसँग पनि पारस्परिक रुपमा सम्बन्ध मजबुद बताउने मन्त्री महतले बताए ।

उनले परराष्ट्र मन्त्रालयका कर्मचारीको कार्यक्षमता बढाउँदै देशको हितका लागि काम गर्नुका साथै विदेसस्थित कुटनीतिक नियोगमा रहेका कर्मचारीको पनि क्षमता अभिवृद्धि गरी राष्ट्रिय हितमा प्रयोग गर्ने बताए ।

नवनियुक्त परराष्ट्रमन्त्री महतलाई स्वागत गर्दै परराष्ट्र सचिव शंकरदास बैरागीले पराराष्ट्र मन्त्रालयले गरिरहेका कामको जानकारी गराउँदै परराष्ट्र सेवा ऐन तर्जुमाका लागि आवश्यक काम गर्नुपर्ने खाँचो रहेको बताए । नवनियुक्त परराष्ट्र मन्त्रीको पदभारका क्रममा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता थियो ।

प्रकाशित मिति: Aug 26, 2016

प्रतिक्रिया दिनुहोस्