Logo
७ बैशाख २०८१, शुक्रबार
(August 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘प्रचण्डले भारत र चीनमा दूत पठाएर ठिक गरेनन्’

Mohan Baidhy

बुटवल । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रचण्ड नेतृत्वको सरकारले दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई विशेष दूतका रुपमा भारत र चीन पठाउँनु गलत भएको बताएका छन् । यसरी दूत पठाइनु मुलुकका लागि राम्रो सङ्केत नभएको उनको तर्क छ ।

उनले असमान सन्धि सम्झौता खारेज नहुँदासम्म भारतले नेपालमाथि गर्ने व्यवहार हेपाहा प्रवृत्तिको हुने उल्लेख गरे । यस्तै उनले पार्टीले नव जनवादी क्रान्तिको तयारी गरिरहेको भन्दै जारी संविधान दक्षिणपन्थी नवसंशोधनवादमा आधारित, २०४७ कै निरन्तरता भएकाले त्यसलाई कदापि स्वीकार्न नसकिने बताए ।

पार्टीको राष्ट्रिय भेला तथा केन्द्रीय समितिले गरेका निर्णयका बारेमा कार्यकर्तालाई प्रशिक्षण गर्न बुटवल आएका अध्यक्ष वैद्यले बिहीबार बिहान पत्रकारहरुसँगको भेटघाटमा मुलुकमा पुरानै राजनीतिक धारलाई टिकाइराख्ने र आफूले हालीमुहाली गर्ने तथा पुरानो राजनीतिक धारलाई झुकाउने दुई धारमा मुलुक रुमलिएको बताए ।

उनले संविधानले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको कुरालाई नसमेटेकाले त्यसकै लागि उक्त पार्टीले जनवादी क्रान्तिको तयारी गरिरहेको बताए ।

प्रकाशित मिति: Aug 25, 2016

प्रतिक्रिया दिनुहोस्