Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले भने ‘संविधान संशोधनका विषयमा हामीलाई थाह छैन’

फाइल तस्विर
फाइल तस्विर

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा एमालेलाई जानकारी नभएको बताएका छन् । ओलीले संविधान संशोधनमा सरकारले भन्दा विदेशीले चासो दिएको भन्ने समाचार पढेको बताए । ‘कतिपय पत्र पत्रिकामा विदेशीले चासो दिएको भन्ने देखिएको छ’, उनलेभ भने, ‘सरकारले यसबारेमा औपचारिक जानकारी दिएको छैन ।’

दुई साता लामो निजी विदेश भ्रमणका क्रममा बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै ओलीले भने, ‘संविधान संशोधनको बिषयमा हामीलाई अहिलेसम्म कसैले जानकारी गराएको छैन ।’  ओलीले संविधान संशोधन हुन सक्ने विषय भए पनि यसलाई सधै चलाइरहनु उचित नहुने बताए । ‘संशोध हुन सक्छ भनेर सधैँभरी यसलाई संशोधन गररिाख्नु हुँदैन ।

खास कारण र तर्क चाहिन्छ, ती दुबै कुरा अहिले देखिदैन’, ओलीले भने । ओलीसँग पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य, एमाले पोलिटब्युरो सदस्य बिष्णु रिमाल सहभागी छन् । अध्यक्ष ओलीलाई बिदाई गर्न विमानस्थलमा उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवालीलगायत पुगेका थिए ।

ओलीको भ्रमण अवधिभरका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बमदेव गौतमलाई दिइएको छ । बिहीबार दिउँसो थाइल्याण्ड प्रस्थान गरेका अध्यक्ष ओलीले बैककमा स्वास्थ्य परिक्षण(फलोअप) गराउने कार्यक्रम रहेको पूर्वप्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए । त्यसपछि बाँकी समय ओलीले छुट्टीका रुमा त्यहा विभिन्न भ्रमण गर्ने छन् । अधिकारीले त्यसलाई ओलीको रिफ्रेसमेन्ट भएको बताए ।

 

प्रकाशित मिति: Aug 25, 2016

प्रतिक्रिया दिनुहोस्