Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज श्रीकृष्णा जन्म अष्टमी पर्व मनाइदै

Krishna janmashtami

काठमाडौ, ९ भदौ । भगवान कृष्णको जन्म भएको सम्झना आज कृष्ण जन्माष्टमी पर्व मनाईंदै छ । ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्णको पूजाआज गरी यो पर्व मनाउने गरिन्छ । द्वापर युगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वास छ ।

मामा कंस लगायतको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानिसका अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा अवतरण गरेको मानिन्छ ।

कृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गरेका थिए । पर्वको अवसरमा ललितपुर पाटनको मंगलबजारस्थित श्रीकृष्ण मन्दिर, काठमाडौं गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित कृष्ण भावनामृत संघको मन्दिर, हाँडीगाउँस्थित पीपलबोटभित्र रहेको कृष्णमन्दिर लगायत देशभरका कृष्ण मन्दिरमा पूजा आराधना गर्नेको बिहानैदेखि भिड लागेको छ । विभिन्न स्थानमा रथयात्रा तथा शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

आजको दिन महिलाहरू व्रत बसी राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गर्ने र रातभर जाग्राम बसेर नाचगान तथा कृष्णको भक्ति संगीत गाउँछन् । यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति: Aug 25, 2016

प्रतिक्रिया दिनुहोस्