Logo
१३ बैशाख २०८१, बिहीबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय व्यवस्थाविरुद्ध हतियार उठ्ने नेत्रविक्रम चन्दको चेतावनी

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं ।  नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले संसद्वाद र संसद्वादीहरूले धोका दिएको भन्दै यस व्यवस्थाविरुद्ध हतियार उठ्ने चेतावनी दिएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा खचाखच नेता र कार्यकर्ताका बीचमा चन्दलेण् २१ औं शताब्दी साम्राज्यवादको अन्त्य र साम्यवाद स्थापनाको अवधि हुने लक्षणहरू देखिइरहेको दाबी गरे । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईलाई ‘क्रान्तिका दलाल, गद्दार, आत्मसमर्पणवादी र धोकेबाज’को संज्ञासमेत दिए ।

कम्युनिस्ट न्युक्लियस, क्रान्तिकारी माओवादी, माओवादी केन्द्रलगायत पार्टी, समूह र व्यक्तिहरू नेकपा माओवादीसँग एकीकृत भएको कार्यक्रममा चन्दले भने, ‘माओको भनाइ सापटी लिएर भन्छु- हामीलाई युद्धको अन्त्यका लागि युद्ध र बन्दुकको अन्त्यका लागि बन्दुक बोक्न बाध्य पारिँदैछ ।’  आफूहरूले जनयुद्धबाट मुलुकको शान्ति, समृद्धि र एकता चाहेको तर संसद्वाद र संसद्वादीहरूले धोका दिएको भन्दै चन्दले बारम्बार यो व्यवस्था र संविधानविरुद्ध आक्रोश व्यक्त गरे ।

उनले भने, ‘संसदीय व्यवस्थाले शान्ति, अधिकार र मुक्ति दिन सक्तैन । युद्धको त्रास देखाएर नेपाल र नेपालीलाई दमन गरिराखिन्छ भने त्यो अन्यायी युद्धका विरुद्ध न्यायपूर्ण युद्ध आरम्भ गर्नु हाम्रो अधिकार हो ।’ यतिबेला कोही जनता र कुनै पनि निकाय व्यवस्था र सरकारसँग सन्तुष्ट नभएका उनले दाबी गरे । कांग्रेस-एमालेलाई पुरातनवादी शक्ति र माओवादी केन्द्रलाई डोरीबाट छुटेको चंगाको संज्ञा दिँदै उनले संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था भएकाले आफूहरूले त्यो ल्याएरै छाड्ने दाबी गरे । #फाइल तस्बिर

प्रकाशित मिति: Aug 24, 2016

प्रतिक्रिया दिनुहोस्