Logo
१२ बैशाख २०८१, बुधबार
(August 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१७ महिनासम्म गर्भवती हुने महिला !

longest-pregnancy

बेइजिङ ।  चीनको हुनान प्रान्तमा रहेको तायनपिङ शहरकी एक महिलाले आफू १७ महिनासम्म गर्भवती भएको दाबी गरेकी छिन् । उनको दाबी प्रमाणित भए उनले नयाँ विश्व र्कििर्तमान कायम गर्ने छिन् ।

स्थानीय मिडियाका अनुसार शी फेब्रुअरी २०१५ मा गर्भवती भएकी थिइन् । गर्भवती भएको ९ महिनापछि डेलिभरीका लागि अस्पताल पुग्दा डाक्टरहरुले उनको गर्भनाल पूर्णरुपमा विकसित नभएको भन्दै अझै केही समय पर्खनुपर्ने बताएका थिए । मेडिकल शब्दावलीमा यसलाई प्लासेन्टा प्रेभिया भनिन्छ । यो २ सय गर्भवती महिला मध्ये १ जनामा देखिने गर्छ ।

वाङ शी नाम गरेकी ती महिलाले गरेको दाबी अनुसार उनले गत वर्षको नोभेम्बर महिनामा बच्चा जन्माउनु पर्नेमा उनले केही दिन दिनअघि १८ अगस्तमा मात्र आफ्नो बच्चालाई जन्म दिएकी हुन् । बच्चाको गर्भनाल पूर्ण रुपमा विकसित नभएको कारण यस्तो भएको उनले बताएकी छिन् ।

डाक्टरहरुको जवाफपछि शी दम्पत्ति हरेक हप्ता–१० दिनमा अस्पताल धाउँथे । तर, जवाफ त्यही नै पाउँथे । गर्भवती भएको १४ औं महिनामा उनले फेरि बच्चा पाउनका लागि डाक्टरहरुलाई आग्रह गरिन् तर यसपटक भ्रुण विकसित नभएको भन्दै डाक्टरहरुले अप्रेशन गर्न नमिल्ने बताए ।

अन्ततः उनले अगस्त १८ मा ३.८ केजी तौल भएको बच्चालाई जन्म दिएको सिसिटिभी न्युजले जनाएको छ । पिपल्स डेलीका अनुसार सन् १९४५ मा अमेरिकी महिला बेलुआ हन्टरले ३४५ दिनसम्म गर्भवती अवस्थामा रहेर किर्तिमान बनाएकी थिइन् । यता शी भने ५१७ दिनसम्म गर्भवती भएकी छिन् ।

प्रकाशित मिति: Aug 24, 2016

प्रतिक्रिया दिनुहोस्