Logo
१५ चैत्र २०८०, बिहीबार
(August 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भवति हुँदा हुँदै पनि काममा लगाव: गर्भवती भएपनि र्याम्पमा उत्रिदै करिना !

Kareena-kapoor

मुम्बई । करिना कपुरलाई बलिउडमा ट्रेन्ड सेटर मानिन्छ । कुनै बेला बलिउडमा साइज जिरो भित्राउने उनी यतिबेला गर्भवति भएको कारण चर्चामा छिन् । गर्भवति हुँदा हुँदै पनि कामको लागि उनको लगावका लागि धेरैले उनको प्रशंसा गरिरहेका छन् ।

भारतीय अनलाइन बलिउड लाइफका अनुसार उनी यस्तो बेला पनि र्याम्पमा हिँड्न आतुर छिन् । डेलिभरी पछि उनले सोनम कपुरको वीर दि वेडिङमा काम गर्ने बताइएको छ ।

मेकअप ब्राण्ड ल्याकमेसँग लामो समयदेखि आबद्ध करिना लामो समयदेखि यसले आयोजना गर्ने फेसन शोमा भाग लिँदै आएकी छिन् । गर्भवती भएपछि उनले यसपटक त्यसमा भाग नलिने चर्चा आइरहेको थियो । तर, उनले फेरि यसमा भाग लिने भएकी छिन् ।

kareena-kapoor-pregnent

प्रकाशित मिति: Aug 24, 2016

प्रतिक्रिया दिनुहोस्