Logo
१५ चैत्र २०८०, बिहीबार
(August 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीन नाकामा थप सुरक्षा कडाई: तातोपानी र केरुङ जान पनि अब भिसा !

china-naka-

काठमाडौं, भाद्र ८ । चीनको तातोपानी र केरुङ जान पनि नेपालीले अब भिसा लिनुपर्ने भएको छ । सुरक्षाको कारण देखाउँदै चीनले नेपालसँगका नाकामा कडाइ सुरु गरेको हो ।

केरुङ मात्र होइन, नेपालसँग प्रयोगमा नआएका अन्य नाकामा पनि चीनले सुरक्षा व्यवस्था बलियो बनाउँदै लगेको छ । तर, नेपालतर्फ भने सुरक्षा अवस्था निकै फितलो भएकाले अवैध कारोबार गर्नेलाई सहज छ ।

यसअघि तातोपानी र केरुङ नाकाबाट अस्थायी सीमा पास लिएर सीमा क्षेत्रका बजार जान सकिन्थ्यो । तर, सीमा क्षेत्रमा तस्करीलगायत अवैध गतिविधि बढेको भन्दै चीनले कडाइ गर्न थालेको हो ।

भारतको नाकाबन्दी तथा तातोपानी नाका बन्द भएपछि चीनसँगका अन्य नाकाबाट तस्करीलगायत गतिविधि बढेका छन् । तैपनि, उत्तरी सीमाको सुरक्षामा सरकारले ध्यान दिन सकेको छैन । नयाँ पत्रिकामा समाचार छ ।

प्रकाशित मिति: Aug 24, 2016

प्रतिक्रिया दिनुहोस्