Logo
१५ बैशाख २०८१, शनिबार
(August 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६.२ रेक्टर स्केलको भूकम्प, धेरै क्षति भएकाे अाश‌ंका !

Bhaukampa

एजेन्सी, इटाली  ।  इटालीको दक्षिण–पश्चिममास्थित पेरुगियालाई केन्द्रविन्दु बनाएर त्यहाँ ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण मध्य इटालीमा घरहरु भत्किएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् ।

इटालीकाे केन्द्रमा रहेकाे अकुमाेली शहरमा पनि थुप्रै घरहरु भत्किएकाे बताइएकाे छ । इटालीको राजधानी रोममा भूकम्पका कारण केही भवनहरु २० सेकेन्डसम्म हल्लिएको ला रिब्पिलिका पत्रिकाले बताएको छ ।

इटालीको अमाट्रिसे शहरका मेयरका अनुसार शहरको आधी भाग पूर्णरुपमा ध्वस्त भएको छ । अधिकारीहरुका अनुसार प्रारम्भिक रुपमा ६ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ भने धेरैजना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

थप जानकारी भने अाउने क्रम जारी छ ।  इटालीमा सन् २००९ मा गएको ६.३ रेक्टर स्केलको भूकम्पमा ३०० जनाले ज्यान गुमाएका थिए ।

italy-earthquake-13

italy-earthquake-14

प्रकाशित मिति: Aug 24, 2016

प्रतिक्रिया दिनुहोस्