Logo
६ बैशाख २०८१, बिहीबार
(August 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा र सेनाबीच यस्तो द्वन्द्व

loksewa vs army
काठमाडौं । नेपाली सेनामा प्रचलित भर्ना, छनोट, बढुवालगायतका विषयलाई प्रभावित गर्ने गरी लोकसेवा आयोगले प्रस्ताव गरेको ‘विधेयक मस्यौदा’ प्रति नेपाली सेनाले गम्भीर आपत्ति जनाएको छ ।

राखेको प्रस्तावलाई विधेयक प्रस्ताव गरेको मापदण्ड तथा कार्यक्षेत्रभित्र नपर्ने भन्दै आयोगको प्रस्तावित विधेयकमा उल्लिखखित कतिपय प्रावधानप्रति गम्भीर आपत्ति र असहमति जनाएको हो ।

आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा संशोधन र एकीकरण गर्न बनेको मस्यौदा विधेयकमा नेपाली सेनाका कतिपय कर्तव्य र अधिकारहरुमा आयोगले हस्तक्षेप गरेको भन्दै सैनिक मुख्यालायले असहमति जनाएको स्रोतले बताएको छ ।

नेपाली सेनासम्बन्धी विषयबस्तु समावेश गरी आयोगले तयार पारेको विधयेकप्रति असहमति जनाउँदै सैनिक मुख्यालायले मंगलबार विधेयकमा उल्लेखित नेपाली सेनाका प्रावधानप्रति सुझाव र राय बुझाएको स्रोतले बतायो ।

नेपाली सेनाले घुमाउरो शैलीमा विधेयकमा उल्लिखित ती प्रावधानहरु हटाउनसमेत आयोगलाई आग्रह गरेको छ । उक्त विधेयक संसदमा दर्ता भइसकेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रकाशित मिति: Aug 24, 2016

प्रतिक्रिया दिनुहोस्