Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लापरवाही भएको भन्दै इशान बालमा तोडफोड

Isan Hospital

काठमाडौं ७ भदौ । उपचारको क्रममा बालकको मृत्यु भएपछि बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा तोडफोड भएको छ । अस्पतालको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै पीडित पक्षले विरोध प्रदर्शन गर्दै अस्पतालमा ढुंगामुढा गरेका थिए । ढुंगा लागेर अस्पतालको सिसा फुटेको छ ।

अस्पतालमा भर्ना भएका तारकेश्वर नगरपालिका धर्मस्थलीका साढे ३ वर्षीय बालक बीरकृष्ण महर्जनको मंगलबार विहान मृत्यु भएको थियो । बालक वीरकृष्ण श्यामकृष्ण महर्जनको एकमात्र सन्तान हुन् । सामान्य रुघा, ज्वरो र बान्ताबाट पीडित बालक वीरकृष्णलाई अभिभावकले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महराजगञ्जमा उपचारका लागि ल्याएका थिए ।

तर, चिकित्सकहरुले मराजगञ्जमा बेड खालि छैन भनेपछि अभिभावकहरुले सोमबार राति एक बजेतिर इशान अस्पताल लगेका थिए । इशान लग्दासम्म बालकको अवस्था सामान्य रहेको बालकका बाबु श्यामकृष्ण महर्जनको दावी छ । अस्पतालले उक्त बालकलाई राती एक बजे नै आइसीयुमा भर्ना गरेको थियो । तर, विहान ६ बजे अस्पतालले बालकको मृत्यु भएको खबर दियो ।

प्रकाशित मिति: Aug 23, 2016

प्रतिक्रिया दिनुहोस्