Logo
७ बैशाख २०८१, शुक्रबार
(August 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘चुनौतिको सामना गर्ने संकल्पसहित प्रधानमन्त्रीको पद सम्हालेको’

PM Prachand

काठमाडौं ७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनौतिको सामना गर्ने संकल्पसहित प्रधानमन्त्रीको पद सम्हालेको बताएका छन् ।  उनले संविधान संशोधन र कार्यान्वयन, भूकम्पको पूनर्निर्माण र बेथितिको अन्त्य गरेर देशमा ‘सिष्टम’ बसाल्ने बताए ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ललितपुरका सामाजिक अगुवाहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आफूले दोस्रो पटक प्रधानमन्त्रीको पद सम्हाल्दा केही चुनौतिको सामना गर्ने संकल्पसहित आएको बताए ।

भेटमा सामाजिक अगुवाहरुले प्रधानमन्त्री प्रचण्डको कार्यकालमा उत्पीडितहरुले पहिचार र अधिकारको प्रत्याभूति हुने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति: Aug 23, 2016

प्रतिक्रिया दिनुहोस्